काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरेपछि विश्वविद्यालयको सम्पर्कमा नआएका शिक्षक तथा कर्मचारीलाई आगामी पुस मसान्तभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ।
रजिस्ट्रारको कार्यालयले असोज १८ गते प्रकाशित गरेको सूचनामा अध्ययन बिदापछि नियमानुसार विश्वविद्यालयमा सेवा गर्नुपर्ने दायित्व पूरा नगरी सम्पर्कविहीन रहेका शिक्षक तथा कर्मचारीलाई सम्पर्कमा आउन भनिएको हो।
उनीहरूले २०८३ साल पुस मसान्तभित्र कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयको कोठा नम्बर ३१४ मा वा इमेल मार्फत सम्पर्क गर्नुपर्नेछ।
सम्पर्क नगरे कानुनी कारबाही अघि बढाउने
त्रिविका विभिन्न निकायमा कार्यरत शिक्षक तथा कर्मचारीले अध्ययन बिदा उपभोग गरेपछि नियमानुसार तोकिएको अवधिसम्म विश्वविद्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।
तोकिएको समयभित्र सम्पर्क नगरे त्रिविको नियम र विश्वविद्यालयसँग गरिएको कबुलियतनामा अनुसार आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने रजिस्ट्रारको कार्यालयले जनाएको छ।




