काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वालेन्द्र शाह नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। सरकार कमजोर भएको र ढल्न लागेको भन्ने टिप्पणीको प्रतिवाद गर्दै उनले जनमतको सम्मान गर्न आग्रह गरेका छन्।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार ढल्ने चर्चा पटक पटक सुनिने गरेको बताएका छन्। त्यसप्रति व्यङ्ग्य गर्दै उनले सरकार ढल्छ भन्नेहरू नै सरकार नढलेको देखेर बेहोस हुने टिप्पणी गरेका छन्।
‘ढल्न त ढल्छ, तर यो पटक(पटक सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर बेहोस भएर ढल्छ,’ उनले भनेका छन्।
लामिछानेले यस पटक मतदाताले व्यक्तिलाई रोज्नुभन्दा इतिहास बदल्नका लागि सरकार चुनेको बताएका छन्। उनले प्राप्त जनमतको हुर्मत लिने काम नगर्न आग्रह गरेका छन्।



