२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उद्योग व्यवसायीद्वारा नारायणगढ बजार जोगाउन माग

अ अ+ अ-

चितवन । उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न रास्वपा सभापति रवि लामिछानेलाई भेट गरेका छन् । नदीको कटान र बाढीका कारण नारायणगढ बजारसहित आसपासका क्षेत्र जोखिममा परेको जनाउँदै उद्योग वाणिज्य संघ चितवनको टोलीले सोमबार सभापति लामिछानेसँग भेट गरेका छन् ।

टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धसहित तत्काल आवश्यक पहल गर्न माग गरेको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए । टोलीले चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली, निवर्तमान अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुमन श्रेष्ठलगायतको टोलीले नारायणी नदीका कारण उत्पन्न जोखिमको तत्काल प्राविधिक अध्ययन गर्न माग गरेको उनले बताए । व्यवसायीहरूले राज्यका सम्बन्धित निकायबाट प्राविधिक टोली तत्काल खटाई नदी कटान, तटबन्धनको अवस्था र सम्भावित जोखिमको अध्ययन गर्न आवश्यक पहल गरिदिन समेत सभापति लामिछानेलाई आग्रह गरेको छ ।

व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढाउने प्रतिबद्धता जनाएको अध्यक्ष सुवेदीले जानकारी दिए । सभापति लामिछानेले छिट्टै टोली पठाएर अध्ययन गरी काम अघि बढ्ने आश्वासन दिएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

0 Comments