२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी, ‘पार्टीमा आमूल परिवर्तन’को एजेन्डा

१५औँ महाधिवेशनबाट नेतृत्व पुनर्गठनमा जुटेको काँग्रेसमा डा. सुनिल शर्माले महामन्त्रीमा उम्मेदवारी दिएका छन्। पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व र संस्थागत सुदृढीकरणलाई उनले आफ्नो उम्मेदवारीको मुख्य एजेन्डा बनाएका छन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका छन्।

महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै शर्माले महामन्त्रीमा आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

शर्माले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व स्थापित गर्ने र संस्थागत संरचनालाई थप सुदृढ बनाउने उद्देश्यसहित महामन्त्रीमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन्।

उनले बदलिँदो राजनीतिक परिवेशअनुसार काँग्रेसको संगठन र कार्यशैलीमा पनि परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै पार्टीलाई थप गतिशील बनाउनुपर्ने धारणा राखेका छन्।

तीन महामन्त्रीको व्यवस्था
काँग्रेसको १५औँ महाधिवेशनबाट संशोधित विधानअनुसार यसपटक महामन्त्रीको संख्या बढाएर तीन पुर्‍याइएको छ। तीमध्ये एक महिला महामन्त्री अनिवार्य गरिएको छ।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिको आकारसमेत १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ भने पदाधिकारी संख्या १४ बाट २६ पुर्‍याइएको छ।

एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएसँगै उपसभापतिको संख्या चार पुगेको छ। त्यस्तै दुई खुला सहमहामन्त्री थपिएका छन्।

७ हजार ११४ प्रतिनिधिले छान्दै नेतृत्व
काँग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि काठमाडौंमा जारी छ। पार्टीको निर्वाचन समितिले मंगलबार राष्ट्रिय सभागृहबाट नयाँ कार्यसमितिका लागि उम्मेदवारी दर्ता प्रक्रिया सञ्चालन गरिरहेको छ।

महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। उम्मेदवारी दर्तासँगै सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरूको चुनावी प्रतिस्पर्धा औपचारिक चरणमा प्रवेश गरेको छ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्मा चिकित्सा शास्त्रमा एमबीबीएस हुन्। संघीय संसद्को विवरणमा उनको विशेषज्ञता तथा अनुभव स्वास्थ्य सेवा क्षेत्रमा रहेको उल्लेख छ।

महामन्त्रीमा उम्मेदवारी अघि सारेसँगै शर्माले अब महाधिवेशन प्रतिनिधिसमक्ष पार्टी रूपान्तरण, पुस्तान्तरण र संस्थागत सुदृढीकरणलाई आफ्नो राजनीतिक एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्।

0 Comments