२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस उपसभापतिमा गण्डकीका मुख्यमन्त्री पाण्डेको उम्मेदवारी

अ अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली काँग्रेसको उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन्।

काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार नयाँ नेतृत्व चयनका लागि भइरहेको मनोनयन प्रक्रियामा पाण्डेले खुला समूहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय सभागृहस्थित मनोनयन स्थलमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका छन्।

पाण्डेले एक दिनअघि मात्रै उपसभापतिमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका थिए। उम्मेदवारी घोषणा गर्दै उनले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै लैजान आफ्नो उम्मेदवारी रहेको बताएका थिए।

संगठनदेखि सरकार सञ्चालनसम्मको अनुभव
पाण्डे काँग्रेसमा तीन पटक केन्द्रीय सदस्य भइसकेका नेता हुन्। उनले चार दशकभन्दा लामो समय पार्टीमा काम गरेको उल्लेख गर्दै संगठन र सरकार सञ्चालनबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय नेतृत्वमा उपयोग गर्ने बताएका छन्।

हाल गण्डकी प्रदेशको मुख्यमन्त्री रहेका पाण्डेले पार्टीभित्र विभिन्न पुस्ताबीच संवाद र सहकार्य बढाउने तथा संगठनलाई थप सुदृढ बनाउने विषयलाई आफ्नो प्राथमिकताका रूपमा अघि सारेका छन्।

उनले सुशासन, पारदर्शिता, जबाफदेहिता, निष्पक्षता, संगठन सुदृढीकरण र पार्टीभित्रको एकतालाई पनि आफ्नो उम्मेदवारीका प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरेका छन्।

चार उपसभापतिको नयाँ व्यवस्था
काँग्रेसले १५औँ महाधिवेशनबाट लागू हुने गरी संशोधित विधानमार्फत उपसभापतिको संख्या बढाएर चार पुर्‍याएको छ। नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापतिसमेत रहनेछन्। केन्द्रीय कार्यसमिति २९७ सदस्यीय र पदाधिकारी संख्या २६ पुर्‍याइएको छ।

महाधिवेशनमा कायम सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। मंगलबार राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै विभिन्न पदका आकांक्षी औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरिरहेका छन्।

प्रदेश सरकारको नेतृत्व गरिरहेका पाण्डेको उपसभापतिमा उम्मेदवारीसँगै उनको राजनीतिक भूमिका प्रदेश सरकारको नेतृत्वसँगै काँग्रेसको केन्द्रीय पदाधिकारी तहको प्रतिस्पर्धासम्म विस्तार भएको छ।

0 Comments