२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमहामन्त्रीबाट उपसभापतिमा जीवन र फरमुल्लाह, डिना महिला महामन्त्रीको प्रतिस्पर्धामा

काँग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री बनेका जीवन परियार, फरमुल्लाह मन्सुर र महालक्ष्मी उपाध्याय ‘डिना’ यसपटक माथिल्लो पदको प्रतिस्पर्धामा उत्रिएका छन्। जीवन र फरमुल्लाहले समावेशी उपसभापति तथा डिनाले पहिलो पटक व्यवस्था गरिएको महिला महामन्त्रीमा उम्मेदवारी दिएका हुन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्रीहरू माथिल्लो पदको प्रतिस्पर्धामा उत्रिएका छन्। जीवन परियार र फरमुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् भने महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।

मंगलबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मनोनयन प्रक्रियाअन्तर्गत तीनै जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

परियार र मन्सुर दुवै काँग्रेसको १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका थिए। परियार दलिततर्फ र मन्सुर मुस्लिमतर्फबाट सहमहामन्त्री निर्वाचित भएका हुन्।

मन्सुर गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा समेत सहभागी भएका थिए। उक्त महाधिवेशनबाट पनि उनी सहमहामन्त्री चयन भएका थिए।

डिनाको नजर महिला महामन्त्रीमा
१४औँ महाधिवेशनबाट महिलातर्फ सहमहामन्त्री निर्वाचित महालक्ष्मी उपाध्याय ‘डिना’ले यसपटक महामन्त्रीमा उम्मेदवारी दिएकी छन्।

काँग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गर्दै महामन्त्रीको संख्या तीन पुर्‍याएको छ। तीमध्ये एक महामन्त्री महिला अनिवार्य गरिएको छ। यससँगै काँग्रेसको इतिहासमा पहिलो पटक छुट्टै महिला महामन्त्री चयनका लागि निर्वाचन हुन लागेको हो।

डिनाले यसअघि नै सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले यसपटक त्यसभन्दा माथिल्लो पदमा प्रतिस्पर्धा गर्ने बताएकी थिइन्। अन्ततः उनले नयाँ व्यवस्था गरिएको महिला महामन्त्री पद रोजेकी हुन्।

महिला महामन्त्रीमा डा.डिला संग्रौला पन्तसमेत प्रतिस्पर्धामा रहेकी छन्।

पदाधिकारीमा माथिल्लो तहको प्रतिस्पर्धा
काँग्रेसको संशोधित विधानले यसपटक केन्द्रीय पदाधिकारीको संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ। उपसभापतिको संख्या चार र महामन्त्रीको संख्या तीन कायम गरिएको छ।

नयाँ व्यवस्थासँगै विगतमा विभिन्न समावेशी समूहबाट सहमहामन्त्रीको जिम्मेवारी सम्हालेका नेताहरूका लागि माथिल्लो पदमा प्रतिस्पर्धाको दायरा पनि फराकिलो भएको छ।

त्यसैअनुसार १४औँ महाधिवेशनबाट फरक–फरक समावेशी समूहको सहमहामन्त्रीमा निर्वाचित परियार, मन्सुर र उपाध्याय तीनै जना १५औँ महाधिवेशनमा एक तह माथिको पदका लागि चुनावी मैदानमा उत्रिएका छन्।

0 Comments