२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

अ अ+ अ-

नेपालगञ्ज (बाँके) । बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको पाइएको छ ।

 जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा तीन हजार ५०७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा तीन हजार ९० जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ४१७ ले बढेको हो ।

 जन स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठका अनुसार सेवा लिनेमध्ये २० वर्षमुनिका एक सय ३४ जना छन् । नेपाल परिवार नियोजन संघ बाँकेकी शाखा प्रबन्धक रश्मी श्रेष्ठले सुरक्षित गर्भपतन सेवा विस्तार भएसँगै असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाउनुपर्ने जोखिम क्रमशः घट्दै गएको बताइन्।

नेपालमा सन् २००४ देखि सुरक्षित गर्भपतन सेवा सञ्चालनमा आएपछि महिलामा सुरक्षित र व्यवस्थित स्वास्थ्य सेवाको पहुँच बढेको उनको भनाइ छ । नेपाल परिवार नियोजन संघका २० शाखामध्ये बाँके शाखाले पनि सुरक्षित गर्भपतन सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । भेरी अस्पताल नेपालगञ्जका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नवीन बुढाथोकीले पछिल्लो समय स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीमार्फत सुरक्षित गर्भपतन सेवा लिने क्रम बढेकाले जोखिम न्यूनीकरण भइरहेको बताए।

उनका अनुसार विगतमा असुरक्षित गर्भपतनका कारण अत्यधिक रक्तस्राव, सङ्क्रमण, पाठेघरमा चोटपटकदेखि महिलाको ज्यानै जोखिममा पर्नेसम्मका समस्या देखिने गरेको थियो ।  डा. बुढाथोकीले तोकेका स्वास्थ्य संस्था तथा प्रशिक्षित स्वास्थ्यकर्मीबाट मात्रै सुरक्षित गर्भपतन सेवा लिन आग्रह गरे । 

0 Comments