२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति मन्दिरभित्र भिडियो बनाएको आरोपमा दम्पती पक्राउ

अ अ+ अ-

काठमाडौँ । पशुपतिनाथ मन्दिरको मूल परिसरभित्र प्रवेश गरी भिडियो बनाएको आरोपमा एक दम्पती पक्राउ परेका छन्।

सुनसरीको इटहरी निवासी ओसीम अन्सारी र उनकी पत्नी प्रियंका परियारलाई पशुपति क्षेत्र विकास कोषको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो। अन्तरजातीय विवाह गरेका उनीहरूलाई सुनसरी प्रहरीको सहयोगमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि काठमाडौँस्थित प्रहरी वृत्त गौशाला पठाइएको छ।

गैर-हिन्दूहरूका लागि प्रवेश निषेध मानिने पशुपतिनाथको मुख्य मन्दिर परिसरमा पुगेर उनीहरूले भिडियो खिचेका थिए। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धार्मिक आस्था र मर्यादामाथि आँच पुगेको भन्दै तीव्र आलोचना र विरोध भएको थियो।

चौतर्फी विरोध र विवाद सिर्जना भएपछि पशुपति क्षेत्र विकास कोषले प्रहरीमा औपचारिक जाहेरी दिएको थियो। सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरी कानुनी कारबाही तथा थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

0 Comments