२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रहरी पोसाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक आज बस्दै

अ अ+ अ-

काठमाडौँ । निर्वाचन प्रहरीको पोसाक खरिदसम्बन्धी विषय अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिको पहिलो बैठक बुधबार बस्दै छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको संयोजकत्वमा गठित नौ सदस्यीय उपसमितिको बैठक दिउँसो २ बजे बस्ने तय भएको छ। पहिलो बैठकमा अध्ययनको कार्यक्षेत्र, आवश्यक कागजात तथा आगामी कामको प्रक्रियालगायत विषयमा प्रारम्भिक छलफल हुने समिति सचिवालयले जनाएको छ।

सार्वजनिक लेखा समितिले असोज १६ गते निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने विषयमा परेको उजुरी अध्ययन गरी प्रतिवेदन पेस गर्न उपसमिति गठन गरेको थियो। उपसमितिलाई अध्ययन सम्पन्न गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ।

उपसमितिमा संयोजक झासहित सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्।

नेपाल प्रहरीले गत माघमा प्रतिनिधिसभा निर्वाचनमा परिचालन गरिएका निर्वाचन प्रहरीका लागि पोसाक खरिद गरेको थियो। उक्त खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले सार्वजनिक लेखा समितिमा निरन्तर प्रश्न उठाउँदै आएका थिए।

पोसाक खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरीसमेत परेको थियो। त्यसपछि समितिमा तत्काल छानबिन अघि बढाउने वा पहिले तथ्य, कागजात र सम्बन्धित प्रतिवेदन अध्ययन गर्ने भन्ने विषयमा सांसदहरूबीच छलफल भएको थियो। अन्ततः मनिष झाको नेतृत्वमा अध्ययन उपसमिति गठन गर्ने निर्णय भएको हो।

उपसमितिले पोसाक खरिदसम्बन्धी प्राप्त कागजात, सम्बन्धित निकायका विवरण तथा यस विषयमा उठेका प्रश्नको अध्ययन गरी मूल समितिमा प्रतिवेदन पेस गर्नेछ। प्रतिवेदनका आधारमा सार्वजनिक लेखा समितिले थप निर्णय लिनेछ।

0 Comments