२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केन्द्रीय समिति बैठकमा उपेन्द्र यादवले प्रस्तुत गरे ३९ पृष्ठको राजनीतिक प्रतिवेदन (पुर्णपाठ)

अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विचार, सिद्धान्त र मुद्दाभन्दा सत्ता प्राप्तिलाई प्राथमिकता दिँदै गरिएका गठबन्धनका कारण राजनीतिक दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा ३९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले वैचारिक तथा नीतिगत असङ्गति भएका दलहरूबीच सत्ता प्राप्तिका लागि हुने अल्पकालीन गठबन्धनले जनतामा असन्तुष्टि र अविश्वास बढाएको निष्कर्ष निकालेका हुन्।

उनले भ्रष्टाचार, आर्थिक अनियमितता, विकास आयोजनामा कमिसनको चलखेल र सत्ता केन्द्रित राजनीतिक गतिविधिसम्बन्धी आरोपले समेत राजनीतिक दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।
प्रतिवेदनमा सत्तालाई राजनीतिको अन्तिम उद्देश्य बनाउने प्रवृत्ति त्यागेर परिवर्तन र जनसेवाको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।

यादवले फरक विचार, सिद्धान्त र राजनीतिक एजेन्डा भएका दलहरूसँग सत्ता प्राप्तिकै उद्देश्यले अस्वाभाविक गठबन्धन गर्नुभन्दा आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा जनतामाझ जानुपर्ने धारणा अघि सारेका छन्।

राजनीतिक दलहरूले सत्ता प्राप्तिभन्दा जनताको आवश्यकता, सार्वजनिक उत्तरदायित्व र नीतिगत प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने उनको प्रतिवेदनको निष्कर्ष छ।

0 Comments