काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, सुनसरी, ललितपुर, उदयपुर, दाङ, नवलपरासी पूर्व, झापा, मोरङ, भक्तपुर, बाँके, कास्की र कैलालीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
काठमाडौँको तारकेश्वर नगरपालिका–८ बाट खैरो हेरोइन ३२ ग्राम ५०० मिलिग्राम र नगद रु ३० हजारसहित आठ र सुन्धाराबाट एक जना, सुनसरीको कोशी गाउँपालिका–१ भन्सार टोलबाट एक, एकललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित तफाखल पार्कबाट एक, उदयपुरको बेलका नगरपालिका–१ आम्बासीबाट गाँजा पाँच किलोग्रामसहित एक जनालाई पक्राउ गरिएको हो ।
यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाबाट एक,नवलपरासी पूर्वको देवचुली नगरपालिका–१६ टाँगिकोटबाट एक, झापाको दमक नगरपालिका–७ बाट चार, मोरङको कानेपोखरी गाउँपालिका–६ बरगाछी चोकबाट एक, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट ट्रामाडोल एक हजार ६१० ट्याब्लेट, नाइट्राभेट २६ ट्याब्लेट र नगद रु ६७ हजार ४०० सहित एक जनालाई नियन्त्रणमा लिइएको हो ।
बाँकेको डुडुवा गाउँपालिका–१ पिपरहवाबाट १० किलोग्राम गाँजासहित सोही स्थानका रामनरेश कुर्मी, कास्कीको पोखरा महानगरपालिका–९ महेन्द्रपुलबाट एक,कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँबाट दुई जनालाई बिहीबार बेलुकी पक्राउ गरिएको जनाइएको छ ।



