२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निसीखोलामा बाढी पहिरोबाट १० करोडको क्षति

अ अ+ अ-

बागलुङ । बाढी पहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै रु. १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति व्यहोर्नु परेको हो । 

अविरल वर्षासँगै आएको बाढी पहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु. १० करोड बराबरको भौतिक क्षति पुर्‍याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताए ।   

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एक परिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्ती मगरको मृत्यु भएको थियो । 

गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्य पहाडी लोक मार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पुर्‍याएको छ । 

गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ ।  गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले रु. नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ । सडक पूर्वाधारमा रु. तीन करोड ४० लाख, भवन तथा आवासमा रु. पाँच करोड ३० लाख, खानेपानीमा रु. पाँच लाख १२ हजार, सिँचाइमा रु. ३५ लाख ३८ हजार, विद्युत्मा रु. ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु. २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ । 

बाढी पहिरोले सडक पूर्वाधारमा क्षति पुर्‍याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ । 

0 Comments