२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इतिहासको ब्याज खाएर होइन, कर्म बदलेर नयाँ इतिहास रच्छौँ’: सभापति थापा

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टी पुरानो इतिहासको ब्याज खाएर मात्र अघि बढ्न नसक्ने स्पष्ट पार्दै जनसरोकारका मुद्दा सम्बोधन गर्न नयाँ इतिहास रच्ने उद्घोष गरेका छन् ।

पार्टीको १५ औँ महाधिवेशनबाट सभापति पदमा निर्वाचित भएपछि शनिबार सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार उनले परम्परागत कार्यशैली बदलेर आजैदेखि काँग्रेसको रूपान्तरण शुरु हुने बताएका हुन् । सभापति थापाले काँग्रेसको गौरवशाली इतिहास भए पनि अब केवल अतीतको महिमा मण्डन गरेर बस्ने छुट कसैलाई नभएको प्रष्ट पारे । महाधिवेशनबाट प्राप्त जनमत र ऊर्जा युवा पुस्ताको आकांक्षा सम्बोधन गर्न सदुपयोग गरिने उनको भनाइ छ । सभापति थापाले काँग्रेसलाई समाजका सबै वर्ग र समुदायको साझा प्रतिनिधित्व गर्ने दलका रूपमा स्थापित गर्ने अठोट व्यक्त गरे । 

उनले भने, ‘नेपाली काँग्रेसको गौरवशाली इतिहास छ । तर हामी इतिहासको ब्याज खाएर बस्ने होइन, नयाँ इतिहास रच्ने संकल्पका साथ अधिवेशनबाट आएका हौँ । हामी यस्तो काँग्रेस बनाउनेछौँ, जसलाई किसानले आफ्नो आवाज उठाउने पार्टीका रूपमा, उद्यमीले गुमेको अवसर फर्काउने पार्टीका रूपमा र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो परिवारको भरोसाका रूपमा चिनुन् । यस्तो पार्टी भाषणले होइन, कर्मले बनाउनुपर्छ । त्यसका लागि हाम्रो काम गर्ने शैली बदल्नुपर्छ, र त्यो परिवर्तन आजैबाट  शुरु गर्नुपर्छ ।’

उनले पार्टीको पुन:संरचना र नागरिकको भरोसा पुन:आर्जन केवल मौखिक भाषणबाट सम्भव नहुने यथार्थ औँल्याए । पार्टीपंक्तिलाई आचरण र कार्यशैलीमा सुधार ल्याउन निर्देशन दिँदै उनले कर्ममार्फत परिणाम देखाउनुपर्नेमा विशेष जोड दिए । काँग्रेसलाई आम नागरिकको भरोसाको केन्द्र बनाउनका लागि पार्टी सञ्चालनका हरेक कार्य पद्धतिमा आजैका मितिबाट आमूल परिवर्तन शुरु हुने दाबी गर्दै थापाले १५ औँ महाधिवेशनले दिएको म्यान्डेट मुलुक र जनताको हितमा पूर्ण रूपमा उपयोग गरिने प्रतिबद्धता जनाए । 

0 Comments