२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ’ : प्रधानमन्त्री शाह 

अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन आवश्यक रहेको बताएका छन् । 

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८४औँ समूहको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात् गर्न र व्यवहारमा उतार्न दीक्षित हुने सबैलाई निर्देशन दिए ।

उनले भने, “पेसागत आचरण र अनुशासन कायम गर्दै, संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु/गराउनु व्यक्तिको पेसागत सफलता रक्षा गर्न अहम् आवश्यकता पर्दछ । जिम्मेवारीप्रति जवाफदेहिता पनि महत्त्वपूर्ण पक्ष हो । प्रहरी सेवामा आबद्ध रहँदै गर्दा यी कुरालाई कार्यान्वयन गर्नुहोला ।”

उनले सधैँ अग्रभागमा उभिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि स्वतन्त्रताको राष्ट्रिय रूपमा सही ढंगको रक्षा गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा बताए ।

प्रधानमन्त्री शाहले भने, “यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला । एकलभावले आफ्नो भूमिका र संस्थाको गति चल्दैछ भन्ने पाटोलाई बुझेर नागरिक भावनाअनुरूप काम गर्नुपर्छ ।”

आफ्नो सङ्गठनमा पूर्णप्रतिबद्ध भई सहयोग र सहकार्यसँगै संलग्न रहन आग्रह गर्दै प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयै घटनालाई नियन्त्रण गर्न सकिने धारणा व्यक्त गरे । 

“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ । यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ, “उनले भने, “सरकारले यस प्रकारको अनुसन्धानका लागि आवश्यक पर्ने स्रोत र साधन उपलब्ध गराउन र यहाँहरूप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सधैँ प्रतिबद्ध छ ।“

प्रधानमन्त्री शाहले आज दीक्षित भएका प्रहरीहरूलाई बधाई ज्ञापन गर्दै उज्ज्वल भविष्य र सफलताको कामना गरे । उनले प्रहरी सेवामा आबद्ध निरन्तर प्रेरित गर्ने परिवारजनप्रति पनि विशेष आभार व्यक्त गरे । समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए । 

0 Comments