२६ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छ’: केपी ओली

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपालमा एमालेमार्थी चौतर्फी घेराबन्दी रहेको बताएका छन् । 

पार्टी कार्यालय च्यासलमा केन्द्रिय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा उनले पार्टीमाथि भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका हुन् । उनले विगत केही वर्ष अगाडी देखी नै एमालेमाथि घेराबन्दी हुँदै आएको बताए । आगामी निर्वाचनमा पनि एमालेको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताए । एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उनको आरोप छ । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताए ।

२०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उनको भनाइ छ । त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाए । उनले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताए । 

उनले भने, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालू छ अहिले पनि । घेराबन्दी चालू छ । २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्काशन गरियो । हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो । हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ । फेरी २०७८ साल भदौ १० गते फेरी हाम्रो पार्टी फुटाइयो । हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो । हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार गर्‍यौँ । सकेसम्म साथीहरूलाई फेरी समेट्यौँ र अगाडि बढ्यौँ । २०७९ को निर्वाचनमा देश नै हाम्रा विरुद्ध चुनावमा मोर्चाबन्दी । सिङ्घै देशको हामी विरोधी मोर्चा भयो । सबैका विरुद्ध हामी लड्नुपर्‍यो । मोर्चा सानोतिनो थिएन, हाम्रा विरुद्धको । फेरी पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ । त्यसपछि हामी विरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए । यसका विरुद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपर्थ्यो । केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे । जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ ? तर त्यस्तो केही भयो । अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन । त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन । यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन । त्यस कारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ । आजको आवश्यकता त्यही हो ।’

अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाए । नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्‍याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उनको दाबी छ । नेपालको स्वाधीनता र स्वतन्त्रताको पुन:स्थापनाका लागी आन्दोलनमा उत्रिनुपर्ने अवस्था समेत आउन सक्ने उनले बताए । आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उनको भनाई छ । उनले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताए । तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भइरहेको उनको भनाई छ ।

उनले भने, ‘शान्तिका लागि आन्दोलन गर्न पर्‍यो निहत्था जनतालाई असङ्गठित जनतालाई सङ्गठित शक्तिले हतियार र सङ्गठित शक्तिको बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुनसक्छ । त्यो प्रतिवादलाई हामी आन्दोलन भन्छौँ । आगो लाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई ठूलो र बलियोले कमजोरलाई बलजफ्त दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध, आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर बृहत्तर हितका लागि हुन्छ । यी चिजहरूलाई अहिले नेपालमा शत्रु बनाइएको छ, खोसिएको छ, लोकतन्त्र मासिएको छ, राष्ट्रिय अस्मिता कमजोर बनाइएको छ, स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ । यस्तो स्थितिमा हामीसँग यी चिजहरूको पुनप्र्राप्ति गर्नु, पुनर्वापसी अनिवार्य शर्त हो । त्यस कारण यसको पुनर्वासीका लागि बलजफ्त दमन गरिन्छ भने दमन अस्वीकार गरेर प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसलाई आन्दोलन भन्छन् । जो कुरा हामी विगतमा पनि गरी आएका छौँ फेरि पनि गर्नुपर्ने हुन्छ ।’

पार्टीका सदस्यहरूलाई उनले निष्ठापूर्वक सक्रियताका काममा लाग्न निर्देशन दिए । पार्टीमा अब विगतलाई हेरेर मात्रै मुल्यांकन नहुने बताए । नीति र नेतृत्वप्रतिको इमानदारिता र कर्मशीलतालाई पनि मुल्यांकनको आधार बनाइने उनको भनाई छ ।  

0 Comments