२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

अ अ+ अ-

भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दसैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो ।

घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका-६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताए ।

पहिले दसैँका बेला खोला तथा खोल्सीबाट कमेरो ल्याएर घरको भित्ता पोत्ने चलन गाउँघरमा व्यापक रहेको उनी सम्झन्छन् । अहिले बजारमा सहजै पाइने चुन तथा अन्य रङ प्रयोग गर्न थालिएपछि कमेरो खोज्नुपर्ने झन्झट कम भएको उनले बताए ।

“पहिले कमेरो खोज्न खोला र खोल्सीसम्म पुग्नुपर्थ्यो”, उनले भने, “घरमा ल्याएर तयार पारी भित्तामा लगाउने चलन थियो । अहिले बजारमा पाइने चुन प्रयोग गर्न सजिलो छ । त्यसैले पनि कमेरो लगाउने चलन कम हुँदै गएको छ ।”

समयसँगै घर निर्माणको शैली, मानिसको जीवनशैली र बजारमा उपलब्ध सामग्रीमा आएको परिवर्तनले पनि परम्परागत लिपपोत गर्ने अभ्यास प्रभावित भएको छ । पहिले माटोले बनेका घरमा कमेरो लगाउने चलन बढी भए पनि अहिले सिमेन्ट, पक्की संरचना र आधुनिक रङको प्रयोग बढेको छ । यसले घर सजाउने परम्परागत तरिकालाई क्रमशः विस्थापित गर्दै लगेको छ ।

कमेरो लगाउने चलन केवल घर सजाउने माध्यममात्र नभई गाउँघरको संस्कृति, श्रम र पारिवारिक सहकार्यसँग पनि जोडिएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी स्थानीयवासी मनमाया विष्टले बताए । पछिल्लो समय बजारमा पाइने सामग्रीले सहजता भए पनि गाउँघरको मौलिक चलन भने लोप हुने अवस्थामा पुगेको उनले जानकारी दिए । 

0 Comments