२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्ट्रेलियाका युवामा मानसिक स्वास्थ्य चुनौती बढ्दो, सेवा विस्तारमा सरकारको जोड

अ अ+ अ-

एजेन्सी । अस्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन् । अस्ट्रेलिया सरकारले बुधबार यसबारे जानकारी दिएको हो ।

राष्ट्रिय मानसिक स्वास्थ्य सहायता दिवसका अवसरमा जारी विज्ञप्तिमा मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथामसम्बन्धी सहायक मन्त्री एम्मा म्याकब्राइडले देशभरका १७६ वटा केन्द्रमार्फत ९५ लाखभन्दा बढी निःशुल्क परामर्श सेवा प्रदान गरिएको बताए ।

सरकारले ५६ वटा मानसिक स्वास्थ्य सहायता केन्द्र स्थापना, स्तरोन्नति तथा विस्तार गर्न २१ करोड १५ लाख अस्ट्रेलियाली डलर अर्थात् करिब १४ करोड ९० लाख अमेरिकी डलर लगानी गरिरहेको छ । विस्तार योजना पूरा भएपछि देशभर यस्ता केन्द्रको संख्या २०० भन्दा बढी पुग्ने अपेक्षा गरिएको छ ।

विस्तार योजनाअन्तर्गत जटिल मानसिक स्वास्थ्य समस्या भएका युवालाई लक्षित गरी विशेष सेवा केन्द्रहरू पनि सञ्चालनमा ल्याइनेछ । ती केन्द्रमा मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता, सहकर्मी सहयोगी तथा परामर्शदाताले एकीकृत रूपमा सेवा प्रदान गर्नेछन् ।

विज्ञप्तिअनुसार, अस्ट्रेलियामा प्रत्येक वर्ष करिब पाँचमध्ये दुई जना युवाले मानसिक स्वास्थ्यसम्बन्धी समस्या सामना गर्छन् । त्यस्तै, मानसिक स्वास्थ्यसम्बन्धी तीनचौथाइ समस्या २५ वर्षको उमेर पुग्नुअघि नै देखा पर्ने गरेका छन् ।

म्याकब्राइडले यी उपलब्धिले युवामा मानसिक स्वास्थ्य सेवाको माग बढ्दै गएको देखाएको बताए । उनले समस्या गम्भीर बन्नुअघि नै युवालाई आवश्यक परामर्श, उपचार तथा सहयोग उपलब्ध गराउनु महत्त्वपूर्ण रहेकोमा जोड दिएका छन् ।

0 Comments