२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड पुन:सञ्चालन

अ अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्ड १८ दिनपछि पुन:सञ्चालनमा आएको छ ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले कुण्डका संरचनामा क्षति पुर्‍याएको थियो । म्याग्दी नदीको किनारमा रहेको कुण्डमा हिलो, बालुवा र गेग्रान थुप्रिएपछि स्नान सेवा बन्द गरिएको थियो ।

मुख्य पोखरी र परिसरमा थुप्रिएको लेदो श्रमदानबाट हटाएर स्नानयोग्य बनाएपछि बुधबारदेखि कुण्ड सञ्चालनमा ल्याइएको व्यवस्थापन समितिका सचिव अमर केसी (कुमार)ले जानकारी दिए। “पुन:सञ्चालन भएको पहिलो दिन २० देखि २५ जनाले स्नान गर्नुभएको छ”, उनले भने, “दसैँपछि स्नान गर्न आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरेका छौँ ।”

असोज र कात्तिक तातोपानी कुण्डमा स्नान गर्ने मुख्य याम हो । यही समयमा कुण्ड बन्द हुँदा स्थानीय व्यापार व्यवसायसमेत प्रभावित भएको थियो । कुण्डमा तीन वटा पोखरी छन् । तीमध्ये उपचारका लागि बिरामीले स्नान गर्ने ठूलो र माथिल्लो पोखरीमा बाढी पसेर हिलो थुप्रिएको थियो । पर्यटकका लागि बनाइएको सानो पोखरी बाढीले भत्काएको थियो ।

कुण्ड परिसरका अन्य संरचनामा क्षति पुगेको छ । कपडा फेर्ने भवन र तातोपानी भण्डारण गर्ने ट्यांकी रहेको भवन पहिरोले भत्काएको छ । खुला स्नानस्थल पनि पहिरोले पुरिएको छ । श्रमदानबाट मुख्य पोखरीमा थुप्रिएको हिलो र लेदो हटाइएको हो । अन्य पोखरी तथा क्षतिग्रस्त संरचना मर्मत गर्न समितिले आर्थिक स्रोत खोजिरहेको छ ।

कुण्डको पुन:निर्माण र संरक्षणका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग सहयोग माग गरिएको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए। उनका अनुसार बाढीपहिरोबाट रु दुई करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।

“सिङ्गाका विभिन्न टोल, युवा क्लब, आमा समूह, नेपाली सेना र सशस्त्र प्रहरीले श्रमदान गरेका छन्”, उनले भने, “दाता तथा विभिन्न संघसंस्थाको सहयोगमा पुन:निर्माण गरिएको हो ।” पुन:निर्माण अभियानमा एक हजार ३०० भन्दाबढी स्थानीयवासी, सुरक्षाकर्मी र संघसंस्थाका प्रतिनिधिले श्रमदान गरेका थिए ।

गत आव २०८२/८३ मा २१ हजारभन्दा बढीले यस कुण्डमा स्नान गरेका थिए । नेपालका ७७ वटै जिल्लाका साथै विदेशबाट  प्राकृतिक उपचारका लागि यहाँ मानिस आउने गरेका छन् ।

म्याग्दी नदी किनारमा प्राकृतिक रूपमा निस्कने तातोपानी संकलन गरी पोखरीमा स्नान गर्ने व्यवस्था मिलाइएको छ । यहाँको पानीको तापक्रम करिब ५० डिग्री सेल्सियस रहेको छ । पानीमा बिरेनुनको जस्तो गन्ध आउने गर्छ ।

तातोपानीमा स्नान गर्दा छालासम्बन्धी समस्या, ग्यास्ट्रिक, बाथ तथा चोटपटकका समस्या निको हुने जनविश्वास र अनुभव छ । असोजदेखि वैशाखसम्म तातोपानी कुण्डमा स्नान गर्न उपयुक्त याम मानिन्छ । नौ दिन स्नान गर्नका लागि रु ५०० शुल्क तोकिएको छ ।

0 Comments