२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँको पाँचौँ दिन स्कन्दमाताको उपासना, देशभरका शक्तिपीठमा बिहानैदेखि श्रद्धालुको घुइँचो

अ अ+ अ-

काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् बडादसैँ नवरात्रको पाँचौँ दिन आज नेपालीले नवदुर्गा भवानीको पाँचौँ रूप स्कन्दमाताको श्रद्धा र निष्ठापूर्वक पूजा–आराधना गरिरहेका छन् । 

यस अवसरमा काठमाडौं उपत्यकास्थित नक्शाल भगवती र मैतीदेवी लगायत देशभरका प्रमुख शक्तिपीठ तथा देवी मन्दिरहरूमा बिहानैदेखि दर्शनार्थी भक्तजनहरूको उल्लेख्य भीड लागेको हो । नवरात्रको पाँचौँ दिन विशेष रूपमा स्कन्दमाताको उपासना गर्ने शास्त्रीय विधि छ । 

पौराणिक मान्यताअनुसार भगवान् शिव र पार्वतीका जेठा सुपुत्र कुमार (कार्तिकेय) को अर्को नाम ‘स्कन्द’ हो । बालस्वरूप स्कन्दलाई काखमा राखेर सिंहमाथि विराजमान चतुर्भुज देवीलाई ‘स्कन्दमाता’ भनिन्छ । देवीको यस ममतामयी स्वरूपको आराधना गर्नाले मन शान्त हुने, पारिवारिक कल्याण मिल्ने र मनोकांक्षा पूर्ण हुने जनविश्वास रहेको छ । 

काठमाडौं उपत्यकाका ऐतिहासिक तथा प्रसिद्ध शक्तिपीठहरू नक्शाल भगवती, मैतीदेवी, भद्रकाली, शोभा भगवती, संकटा, कालिकास्थान र गुह्येश्वरीमा आज बिहान सबेरैदेखि भक्तजनहरूको लामो लाम लागेको छ । ललितपुरको बंगलामुखी तथा भक्तपुरका विभिन्न शक्तिपीठहरूमा पनि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ । भक्तजनहरू फलफूल, नैवेद्य, रातो टीका र फूलमाला लिएर देवीको दर्शनका लागि पालो पर्खिरहेका छन् । उपत्यकाबाहिरका प्रमुख शक्तिपीठहरू जस्तै काभ्रेको पलाञ्चोक भगवती, गोरखाको मनकामना, पोखराको विन्ध्यवासिनी, बाँकेको बागेश्वरी तथा ताप्लेजुङको पाथीभरामा समेत आज बिहानैदेखि पूजाआजा गर्नेहरूको घुइँचो बढेको छ । नवरात्रका अवसरमा शक्तिपीठहरूको दर्शन गर्नाले भय, रोग र संकटबाट मुक्ति मिल्ने विश्वास गरिन्छ । घटस्थापनादेखि शुरु भएको नवरात्रअन्तर्गत पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा र चौथो दिन कुष्माण्डा देवीको पूजा गरिएको थियो । पाँचौँ दिन स्कन्दमाताको उपासनापछि भोलि षष्ठी तिथिका दिन कात्यायनी देवीको पूजाआराधना गरिनेछ । 

दशैँ नजिकिएसँगै शक्तिपीठ र बजारहरूमा चाडपर्वको उल्लास र चहलपहल स्पष्ट रूपमा देखिएको छ । 

0 Comments