२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेक्सिकोमा आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु

अ अ+ अ-

मेक्सिको । मेक्सिकोको प्रशान्त तटीय क्षेत्रमा आएको आँधी ‘राचेल’का कारण कम्तीमा आठ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले बुधबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आँधीसँगै आएको भारी वर्षा र बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

गत सातादेखि आएको आँधीका कारण अमेरिकासँग सीमा जोडिएको मेक्सिकोको उत्तरपश्चिमी राज्य बाजा क्यालिफोर्नियामा वर्षा र बाढीको समस्या देखिएको छ । मेक्सिकोको सेना र नौसेनाले खोज तथा उद्धार कार्य जारी राखेका छन् । सैन्य अधिकारीहरूले पत्रकार सम्मेलनमा थप दुई जना अझै बेपत्ता रहेको जानकारी दिएका छन् ।

यसअघि सोमबारसम्म चार जनाको मृत्यु भएको पुष्टि गरिएको थियो । त्यसबेला हेलिकोप्टरको सहायताबाट ३२ जनाको उद्धार गरिएको अधिकारीहरूले बताएका थिए । यस वर्ष प्रशान्त महासागरमा एल निनो मौसमी घटनाका कारण आँधीको गतिविधि थप तीव्र हुने अनुमान गरिएको छ । एल निनोले समुद्रको सतहको तापक्रम बढाउनुका साथै हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ ।

यसैबीच, मेक्सिको नजिकै प्रशान्त महासागरमा आँधी ‘साइमन’ र आँधी ‘ट्रुडी’ सक्रिय रहेका छन् । अमेरिकी राष्ट्रिय आँधी केन्द्रका अनुसार यी दुवै आँधीले तत्काल मेक्सिकोको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना छैन । ‘साइमन’का कारण जालिस्को र गुरेरो राज्यमा भारी वर्षा भएको छ । गुरेरोमा हालै पर्खाल भत्किँदा ७१ वर्षीय एक व्यक्तिको मृत्यु भएको बताइएको छ ।

0 Comments