२९ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानविरुद्ध नयाँ सैन्य रणनीति बनाउँदै अमेरिका

अ अ+ अ-

वासिङ्टन । अमेरिकी सेनाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भएमा त्यहाँको ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गरी शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रहार गर्ने योजनासहित नयाँ आक्रमण रणनीति तयार पारेको छ। सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो जनाएको हो।

अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भएमा उक्त बम प्रयोग गर्ने विकल्पमाथि विचार भइरहेको छ।

इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक एमओएबी प्रयोग गरिएमा त्यसले युद्धलाई थप चर्काउन सक्ने सीएनएनले जनाएको छ। यद्यपि, उक्त बमको प्रयोगले अमेरिकाका घोषित रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलन बदल्न कत्तिको प्रभाव पार्छ भन्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले शंका व्यक्त गरेका छन्।

वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव कायमै छ। राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताएका थिए । तर, निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई उनले खुला राखेका थिएनन् । 

इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर चासो बढेको छ। युद्धअघि विश्वको ठूलो परिमाणमा तेल ढुवानी हुने यो सामुद्रिक मार्ग अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिका लागि महत्त्वपूर्ण मानिन्छ।

करिब ९ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो। यसलाई ठूलो क्षेत्रफलमा रहेका लक्ष्यहरू ध्वस्त पार्न डिजाइन गरिएको हो।

0 Comments