३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलाको सांस्कृतिक धरोहर झिझियाः तान्त्रिक परम्परा र आधुनिक चुनौतीबीचको अस्तित्व

अ अ+ अ-

काठमाडौँ । दसैँको आगमनसँगै मिथिलाञ्चलका गाउँ बस्तीमा टाउकामा दियोसहितको घैँटो बोकेर नाचिने ‘झिझिया’ नृत्यले सांस्कृतिक र तान्त्रिक महत्वका साथ पुनः चर्चा पाएको छ । घटस्थापनादेखि विजयादशमीसम्म देवीको स्तुतिमा गरिने यो नृत्य मिथिलाको मौलिक पहिचानको अभिन्न अंग हो । 

झिझिया केवल मनोरञ्जनको साधन नभई तान्त्रिक विधि र दार्शनिक मान्यतासँग जोडिएको एक विशिष्ट अनुष्ठान हो । असंख्य प्वाल पारिएको माटोको घैँटोमा प्रज्वलित दियो राखेर गरिने यो नृत्यलाई मानव शरीर र चेतनाको प्रतीक मानिन्छ । परम्परागत गीत, लय र तालमा घैँटोलाई सन्तुलन मिलाउँदै गरिने नृत्यले मिथिलाञ्चलको गहिरो सांस्कृतिक जरोलाई प्रतिनिधित्व गर्दछ । 

यद्यपि यो परम्पराको संरक्षणमाथि प्रश्नचिह्न खडा हुन थालेको छ । ज्योतिष एवं पण्डित डा. विवेक पाण्डेकाअनुसार झिझियाको आफ्नै सुर र ताल छ जसले गाउँघरमा विशिष्ट सांस्कृतिक वातावरण निर्माण गर्छ । तर आधुनिक समयमा यसलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । कतिपयले यसलाई अन्धविश्वासका रूपमा टिप्पणी गर्दा यसको दार्शनिक र सांस्कृतिक पक्ष छायामा परेको संस्कृतिविद्हरूको चिन्ता छ । 

इतिहासकाअनुसार छैटौँदेखि एघारौँ शताब्दीको बीचमा तान्त्रिक शक्तिको प्रभाव विस्तार भएसँगै यो नृत्यको सुरुवात भएको जनविश्वास छ । यद्यपि यसको उत्पत्ति र ऐतिहासिक विकास क्रमबारे थप वैज्ञानिक अध्ययन र अनुसन्धानको आवश्यकता टड्कारो छ । युवा पुस्तामाझ बढ्दो उदासीनताले गर्दा मिथिलाको यो विशिष्ट लोककला लोप हुने जोखिममा छ । झिझियालाई केवल परम्परागत अनुष्ठानका रूपमा मात्र नहेरी, यसको दार्शनिक सन्देशलाई व्यापक बनाउन सके मात्र यस्ता मौलिक संस्कृतिको जगेर्ना सम्भव देखिन्छ ।

0 Comments