बझाङ । बझाङमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको दुर्गाथली गाउँपालिका–४ रन्थोली बस्ने २५ वर्षीय बरूण जोशीरहेका छन् । बरूणले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




