काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा नियुक्त भएको पाँच दिनमै ह्वाइट हाउसकी प्रेस सेक्रेटरी केटी जाकारियाले आफ्नो पद छाड्ने संकेत देखिएको छ । सञ्चार माध्यमहरूकाअनुसार जाकारियाले आफ्नो जिम्मेवारी त्याग्ने तयारी गरेकी हुन् ।
जसलाई राष्ट्रपति ट्रम्पले समेत ‘पुनर्विचार गर्न’ सुझाव दिएका छन् । गत सोमवार मात्रै क्यारोलिन लेभिटको उत्तराधिकारीका रूपमा ह्वाइट हाउसको प्रेस सेक्रेटरीको जिम्मेवारी सम्हालेकी जाकारियाले मंगलवार आफ्नो पहिलो पत्रकार सम्मेलन गरेकी थिइन् । नियुक्तिलगत्तै उनको योग्यता, विशेष गरी उनले बार परीक्षा उत्तीर्ण गरेकी हुन् वा होइनन् भन्ने विषयमा तिब्र प्रश्नहरू उठेका थिए । राष्ट्रपति ट्रम्पले मिडियाले जाकारियालाई ‘अन्यायपूर्ण र कठोर’ व्यवहार गरेको दाबी गरेका छन् । एक अनौपचारिक संवादमा ट्रम्पले भने, ‘मैले उनलाई सोधेँ, के यो भूमिका तिम्रा लागि हो रु तिमीले यो सबै सहनु आवश्यक छैन ।’ ट्रम्पकाअनुसार जाकारियाले आफूलाई यो काम निकै कठिन भएको महसुस गरेको प्रतिक्रिया दिएकी छिन् ।
जाकारियाको कार्यकालको यो छोटो अवधिले ट्रम्प प्रशासनको प्रारम्भिक दिनमा नै प्रशासनिक अस्थिरताको संकेत गरेको छ । मिडियाले उनको विगतको करिअर र योग्यतामाथि गरेको निरन्तरको छानबिनले नै उनलाई पदबाट पछि हट्न बाध्य बनाएको विश्लेषण गरिएको छ । यद्यपि, ह्वाइट हाउसका तर्फबाट उनको राजीनामाको औपचारिक मिति वा प्रक्रियाबारे थप विवरण आउन बाँकी नै छ ।
केटी जाकारियाले ह्वाइट हाउसको प्रवक्ताका रूपमा आफ्नो छोटो कार्यकालमा मिडियाको तिब्र दबाब खेप्नुपरेको थियो । खासगरी बार परीक्षासँग जोडिएको विवादले उनको विश्वसनीयतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको थियो, जसको असर उनको काममा पनि देखिएको थियो ।




