३१ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नुवाकोटको ढुंगे–त्रिशूली जोड्ने २६७ मिटर लामो झोलुंगे पुल सञ्चालन

अ अ+ अ-

काठमाडौँ । नुवाकोटको ढुंगेबजार र प्रमुख व्यापारिक केन्द्र त्रिशूली बजार जोड्ने २६७ मिटर लामो झोलुंगे पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको आर्थिक सहयोग तथा प्राविधिक समन्वयमा रसुवा–भोटेकोशी बाढीपछिको संकट समाधानका लागि केवल एक महिनाको छोटो अवधिमै सम्पन्न गरिएको उक्त पुल सञ्चालनमा आएको हो । एक कार्यक्रमबीच महासंघका अध्यक्ष निकोलस पाण्डेले पुलको उद्घाटन गरे । गत भदौ १० गतेको बाढीपहिरोले आवतजावत विच्छेद भएपछि स्थानीय बासिन्दा, बिरामी तथा विद्यार्थीले लामो समयदेखि सास्ती खेप्दै आएका थिए । संकट समाधानका लागि महासंघको पहलमा भदौ तेस्रो सातादेखि द्रुत गतिमा निर्माण थालिएको पुल सञ्चालनमा आएसँगै दुवै बजारबीचको सम्पर्क पुनर्स्थापित भएको छ ।

उद्घाटन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत महासंघले विपद्का समयमा खेलेको भूमिका प्रशंसनीय रहेको बताए । त्यस्तै, निर्माण व्यवसायी संघ नुवाकोटका अध्यक्ष शैलेन्द्रराज प्याकुरेल तथा वागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङले छोटो समयमै हजारौँ नागरिक लाभान्वित हुने संरचना निर्माण भएकाले व्यवसायीप्रतिको सामाजिक दृष्टिकोण सकारात्मक बन्ने विश्वास व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणको जग्गा समेत उपयोग गरी निर्माण गरिएको उक्त पुलबाट सर्वसाधारणका साथै बिरामी बोकेका एम्बुलेन्स सेवा र आवश्यकताअनुसार मोटरसाइकल समेत आवतजावत गराउन सकिने स्थानीय सरोकारवालाहरूले जनाएका छन् । चाडपर्वको मुखमा पुल निर्माण सम्पन्न भएसँगै नुवाकोटवासीले सहज आवागमनको राहत पाएका छन् ।

0 Comments