१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् प्रभावित क्षेत्रमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी

अ अ+ अ-

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा विद्युत् आपूर्ति सञ्चालन गराउन आज हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी भएको छ ।

असोज ११ गतेदेखि सडक, विद्युत् र घोरेटो बाटोबाट सम्पर्कबिच्छेद भएको पाउद्वारमा बेनीदेखि नेपाली सेनाको हेलिकप्टरले १०० केभिए क्षमताको ट्रान्सफर्मर ढुवानी गरेको हो । प्राकृतिक नाकाबन्दीमा परेको पाउद्वारमा पैदल र सडक मार्गबाट जान सम्भव नभएपछि हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले जानकारी दिए ।

“जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएको हो”, उनले भने, “स्थलमार्गबाट पुगेका प्राविधिक र स्थानीयले मर्मतको काम गरेका छन् । हामीले शनिबार नै ट्रान्सफर्मर जडान र परीक्षण गरी विद्युत् आपूर्ति सञ्चालन गराउने प्रयासमा छौँ ।”

पाउद्वारको छिमेकी गाउँ किन्दुमा पनि आजै विद्युत् आपूर्ति गराउने लक्ष्यसहित प्राविधिक टोलीले काम गरिरहेको छ । नेपाने, गिवाङमा भने पैदलमार्गसमेत नभएकाले दसैपछि मर्मत गरिने वितरण केन्द्रका प्रमुख गामीले बताए । म्याग्दी वितरण केन्द्रका अन्य ठाउँहरुमा विद्युत् आपूर्ति सञ्चालन भइसकेको छ ।

भिरालो पाखामा परम्परागत ढुंगे घरहरू गुजुमुज्ज रहेका पाउद्वारका १७० घरपरिवार बासिन्दा पहिरोले घेरिएपछि समस्यामा परेका छन् । सडक, घोरेटो बाटो र विद्युत् सेवा अझै सञ्चालनमा आउन सकेको छैन । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा पुनका अनुसार पाउद्वारसहित गिवाङ, नेपाने, किन्दु, धोस्केखोर र घिरवाङका बस्ती पनि प्राकृतिक नाकाबन्दीमा परेका छन् ।

“घर भत्किएका र बस्न नमिल्ने घरका २२७ जनालाई शिख र घारमा अस्थायी आश्रयस्थल बनाएर राखिएको छ”, उनले भने, “बिजुली आयो अब खानेपानी, सडक र पैदलमार्ग गाउँको तत्कालीन आवश्यकता छ ।”

0 Comments