३ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा आउने यात्रुलाई लक्षित गर्दै कोप्चे-बराह क्षेत्र जलयात्रा सेवा

अ अ+ अ-

भोजपुर । दशैँमा आउने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराह क्षेत्रसम्म जलयात्रा सेवा पुनः सञ्चालन ल्याइएको छ । दसैँ मनाउन गाउँ फर्किने तथा तराईका विभिन्न सहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गरेर आइतबारबाट जलयात्रा सुरु भएको हो । 

अरुण र दूधकोशी नदीमा पक्की पुल नहुँदा लामो समयदेखि आवागमनमा समस्या भोग्दै आएका दक्षिणी क्षेत्रका स्थानीयलाई जेटबोट सञ्चालनले राहत मिलेको छ । नदीमा पानीको बहाव बढेपछि गत जेठ अन्तिमदेखि जलयात्रा बन्द थियो ।

स्थानीय व्यवसायी हतुवागढी–९ कोप्चेका मिलन राईले कोप्चेबाट बराह क्षेत्रसम्मको भाडा रु ५०० तोकिएको जानकारी दिए। दक्षिणी भोजपुरका स्थानीय जेटबोट चढेर धरान, इटहरी र विराटनगरलगायतका सहरमा पुग्ने गरेका छन् । यसअघि तीन–चार घण्टा पैदल हिँडेर चतरा पुग्नुपर्ने बाध्यता रहेकामा अहिले करिब १९ किलोमिटर दूरी जेटबोटमार्फत २० देखि २५ मिनेटमै पार गर्न सकिने भएको छ । 

हतुवागढी गाउँपालिकाले जलयात्रालाई पर्यटनसँग जोड्दै यस क्षेत्रको आर्थिक गतिविधि बढाउने लक्ष्य राखेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईका अनुसार जलयात्राले हतुवागढी र तराईका जिल्लाबीचको दूरी घटाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्‍याउनेछ ।

0 Comments