४ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्रह्मायणी जात्रा : बिहानैदेखि दर्शनार्थीको भीड

अ अ+ अ-

काठमाडौँ । प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ । नवदुर्गाको शक्तिपीठका रूपमा मानिने ब्रह्मायणी मन्दिरमा आज त्रिपुरा सुन्दरी प्रकट हुने जनविश्वासअनुरूप परम्परादेखि नै विजयादशमीको दिन यहाँ भव्य मेला लाग्ने गर्दछ । भक्तपुरवासीले धिमेबाजा बजाउँदै घरघरबाट मध्यरातिदेखि नै ब्रह्मायणीमा मेला भर्न भीड लागेको थियो ।

व्रत बसेकाहरू घरदेखि मन्दिरसम्म घस्रिँदै, पल्टिँदै र शरीरमा ५, ७ र १८ वटा दीप(दियो)बालेर ब्रह्मायणी मन्दिर जाने र पूजा गर्ने प्रचलन छ । यहाँका बासिन्दाले शरीरमा बत्ती बालेर र शरीर नापेर ब्रह्मायणीसम्मको यात्रा पुरा गरेका छन् । यो परम्पराले मनोकाङ्क्षा पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास छ । 

मन्दिरमा आज नवदुर्गा प्रकट हुने विश्वासका साथ दिनभरि नै भव्य मेला लाग्ने गर्दछ । नेवार समुदायमा आज मोहिनी नख: गरी घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजा लिएर मन्दिर जानै पर्ने परम्परा छ ।

ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल, गुण्डुलगायत काभ्रे, ललितपुर र काठमाडौँदेखिका भक्तजन आउने गर्दछन् । मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका, कुखुराको भालेको बलिसमेत दिने गरिन्छ ।

गाँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतिक ख:मेयअर्थात् राँगोलाई मङ्गलबार साँझ नवदुर्गा मन्दिरबाट जाँड खुवाएर मत्ताएर अबिर र तेल दलेर दौडाउँदै, लखेट्दै ब्रह्मायणी मन्दिर पुर्‍याएर बध गरेपछि रातिदेखि नै यो जात्रा सुरु भएको थियो । 

0 Comments