५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाटन दरबार संग्रहालयको मूलचोकमा नवदुर्गा नाच प्रदर्शन

अ अ+ अ-

ललितपुर । पाटन दरबार  सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । 

विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्य: (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्‍याएका थिए ।

नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक हो । सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको सङ्गम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो । 

ठेचोका नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच बर्सेनि देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ । ठेचोबाट नवदुर्गा भगवानीलाई मंगलबजार पुर्‍याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा छ ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणमा ठेचोबाट नवदुर्गालाई पाटन मङ्गलबजार ल्याउने प्राचीन परम्परा रहेको छ ।

“यसरी निमन्त्रणा गरिएको नवदुर्गा श्री भवानीका देवगणद्वारा मङ्गलबजारको चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने परम्परा छ, त्यसपछि नवदुर्गा भवानी तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाएर विमिरो उपहार दिने प्रचलन छ”, शर्माले भने ।

समितिका सदस्य शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासुबुहारीको जस्तो सम्बन्ध रहेको छ । पाटन दरबार सङ्ग्राहलयको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचोका देवगणहरूले परम्परागत विधिअनुसार नवदुर्गा नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ । 

प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णीमाका दिन मङ्गलबजारमा दुई पटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ । नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए । यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ ।

लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जीवित रहँदै आएको छ । प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको बताउछन् स्थानीय सुनिल महर्जन । 

0 Comments