५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल प्रहरीको नि:शुल्क बस सेवाबाट दुई दिनमा १ हजार ४०६ यात्रु लाभान्वित

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले सञ्चालन गरेको नि:शुल्क बस सेवाबाट दुई दिनमा कुल १ हजार ४०६ जना सर्वसाधारण लाभान्वित भएका छन्। सर्वसाधारणको आवागमनलाई सहज बनाउने उद्देश्यले सञ्चालित उक्त सेवाबाट पुरुष तथा महिला यात्रुले सुविधा लिएका हुन्।

नेपाल प्रहरीद्वारा सार्वजनिक विवरणअनुसार कात्तिक ३ गते २३६ पुरुष र २७४ महिला गरी कुल ५१० जनाले नि:शुल्क बस सेवा उपयोग गरेका थिए। उक्त दिन तीनवटा बसमार्फत एक सिफ्टमा यात्रुहरूलाई सेवा प्रदान गरिएको थियो।

त्यस्तै, कात्तिक ४ गते नि:शुल्क बस सेवा लिने यात्रुको संख्या  बढेको छ। सो दिन ४३३ पुरुष र ४६३ महिला गरी कुल ८९६ जनाले सेवा लिएका थिए। तीनवटा बसमार्फत दुई सिफ्टमा यात्रुहरूलाई यातायात सुविधा उपलब्ध गराइएको थियो।

प्रहरीको तथ्यांकअनुसार दुई दिनमा ६६९ पुरुष र ७३७ महिला गरी कुल १ हजार ४०६ जना यात्रुले नि:शुल्क बस सेवा लिएका छन्। पहिलो दिनको तुलनामा दोस्रो दिन सेवा लिने यात्रुको संख्या ३८६ जनाले वृद्धि भएको देखिन्छ।

नि:शुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गर्नुका साथै यातायात खर्चसमेत बचत गर्न सहयोग पुर्‍याएको छ। विशेषगरी सार्वजनिक यातायातको उपलब्धता सीमित हुने समयमा यस्तो सेवाले यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

0 Comments