५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमाथि नयाँ हमलाको तयारी, तेहरानको चेतावनी

अ अ+ अ-

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । ‘द न्युयोर्क टाइम्स’ का अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।

इरानी रिभोलुसनरी गार्ड कप्र्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिएका छन् । तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गरेको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो । यद्यपि, विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् । ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिन्छन् वा दिनन् भन्ने अझै स्पष्ट छैन ।

अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकू विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ । यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताएका छन् । 

इरानले सम्भावित नयाँ युद्धको असर ऊर्जा पूर्वाधार र व्यावसायिक ढुवानीमा मात्र सीमित नहुने चेतावनी दिएको छ । इरानी अधिकारीहरूका अनुसार, द्वन्द्व डाटा केन्द्र र समुद्रमुनिका इन्टरनेट केबलसम्म फैलिन सक्छ । केही अमेरिकी योजनाकारले तीन दिनको आक्रमणले इरानलाई वार्तामा सहुलियत दिन बाध्य पार्न सक्ने ठाने पनि अघिल्लो अमेरिका–इजरायल आक्रमणले ऊर्जा मूल्य र मुद्रास्फीति बढाएको तथा क्षेत्रीय सुरक्षा कमजोर पारेको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिका र इजरायलको सैन्य तयारी तथा कूटनीतिक प्रयास जारी रहँदा ट्रम्पको अन्तिम निर्णय र इरानको सम्भावित प्रतिक्रियाबारे अनिश्चितता कायमै छ । सम्भावित आक्रमणले पश्चिम एसियामा व्यापक युद्ध निम्त्याउन सक्ने चिन्ता बढेको छ ।

0 Comments