५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी

अ अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकाका दुई सहरमा दूषित पानीका कारण ५०० भन्दा बढी व्यक्ति बिरामी परेका छन् । प्रभावितमध्ये अधिकांश चार वर्षमुनिका बालबालिका छन् । अधिकारीहरूले सुरक्षित पानी मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

राजधानी प्रिटोरियाको पूर्वी क्षेत्रमा ४०८ जना बिरामी परेपछि धाराको पानी प्रयोग नगर्न चेतावनी जारी गरिएको थियो । पानी प्रशोधन केन्द्रमा करिब तीन सातासम्म क्लोरिन प्रयोग नगरिँदा पानी असुरक्षित बनेको अधिकारीहरूले बताएका छन् । नियमित आपूर्तिकर्ताबाट क्लोरिन प्राप्त नभएको नगरपालिकाको भनाइ छ ।

ब्रोन्खोस्र्टस्प्रुट नदीको माथिल्लो क्षेत्रमा फोहोर पानी प्रशोधन प्रभावकारी नहुँदा नदी दूषित भएको पनि अधिकारीहरूले बताएका छन् । पानीको गुणस्तरबारे समयमै जानकारी नदिइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनापछि विभिन्न राजनीतिक दलले मेयर नासिफी मोयाको राजीनामा र जिम्मेवार अधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, पूर्वी केप प्रान्तको ग्केबेरास्थित रोड्स विश्वविद्यालयका कम्तीमा १११ विद्यार्थी पनि पेट दुख्ने र पखाला लाग्नेजस्ता समस्याबाट बिरामी परेका छन् । विश्वविद्यालयले पानीको खराब गुणस्तरका कारण प्रकोप फैलिएको हुन सक्ने आशंकामा अनुसन्धान गरिरहेको जनाएको छ । गम्भीर बिरामी विद्यार्थी उपचारपछि क्याम्पस फर्किएका छन् ।

विश्वविद्यालयले विद्यार्थी तथा कर्मचारीलाई पानी उमालेर चिस्याएपछि वा बोतलको पानी मात्र पिउन, खाना पकाउन र दाँत माझ्न सुरक्षित पानी प्रयोग गर्न तथा साबुनपानीले नियमित हात धुन आग्रह गरेको छ ।

0 Comments