७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोर्डनको चर्चमा भएको आतंकवादी हमलाको राष्ट्रसंघ प्रमुखद्वारा निन्दा

अ अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जोर्डनको दक्षिणी प्रान्त कराकस्थित एक चर्चमा अन्त्येष्टि समारोहका क्रममा भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेका छन् । 

महासचिवका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत गुटेरेसले सर्वसाधारण नागरिक तथा धार्मिक स्थललाई लक्षित गरी गरिने आक्रमण कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, “धार्मिक स्थलहरू शान्तिका केन्द्र हुनुपर्छ र त्यहाँ सबैका लागि सुरक्षाको प्रत्याभूति हुनुपर्छ ।”

गुटेरेसले घटनामा संलग्न दोषीहरूको पहिचान गरी उनीहरूलाई कानुनी दायरामा ल्याउनसमेत जोड दिएका छन् । उनले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रवक्ता डुजारिकले जानकारी दिए ।

प्रवक्ताका अनुसार, संयुक्त राष्ट्रसंघले यस कठिन घडीमा जोर्डन सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता व्यक्त गरेको छ ।

जोर्डनको कराकस्थित चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोली काण्डमा सात जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए । घटनापछि जोर्डन सरकारले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको छ ।  

0 Comments