७ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उत्तर कोरियाली नेता किमको चिनियाँ सीमा सहरमा अघोषित भ्रमण

अ अ+ अ-

सियोल । उत्तर कोरियाली नेता किम जोङ उन चिनियाँ सीमा सहर दान्डोङमा अघोषित भ्रमणका लागि आइपुगेको सियोलको एक सरकारी स्रोत र दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले शनिबार बताएका छन् । 

नेता किमले गत हप्ता मात्रै आधिकारिक रूपमा खुलेको प्रमुख सीमा पुल पार गरेर चीनको सीमा सहरमा पुगेको पुष्टि भएको छ । 

भ्रमणबारे उत्तर कोरिया वा चीन कसैले पसिन कुनै पूर्व जानकारी दिएका थिएनन् । 

दक्षिण कोरियाली सांसद युन कुन–योङका अनुसार किमले शनिबार चिनियाँ प्रधानमन्त्री ली कियाङसँग भेट गरेको ‘बुझिएको’ छ । दक्षिण कोरियाको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता युनले उत्तर कोरियाली नेता किम शनिबार नै स्वदेश फर्किने सम्भावनाबारे जानकारी प्राप्त भएको बताए। 

चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार र प्योङयाङका लागि कूटनीतिक, आर्थिक तथा राजनीतिक सहयोगको महत्त्वपूर्ण स्रोत हो । 

यद्यपि दुई देशबीचको सम्बन्ध सधैँ सहज भने रहँदैन । योन्हाप समाचार एजेन्सीले पहिलो पटक किमको आगमनको समाचार दिएको थियो, जसमा अज्ञात दक्षिण कोरियाली सरकारी स्रोतलाई उद्धृत गरिएको थियो। एएफपीलाई अर्को एक सरकारी स्रोतले बताएअनुसार उत्तर कोरियाली नेता यालु नदीमा हालै खोलिएको नयाँ पुलमार्फत चीन प्रवेश गरेको देखिन्छ । सांसद युनले शुक्रबार नै सम्भावित भ्रमणबारे जानकारी पाएको बताएका छन् । 

यात्राको उद्देश्य स्पष्ट छैन, तर यसले अमेरिका–उत्तर कोरिया शिखर सम्मेलनको सम्भावनाबारे ‘सकारात्मक संकेत’ दिन सक्ने युनले एएफपीलाई पठाएको वक्तव्यमा उल्लेख छ । 

विश्वका नेताहरू नोभेम्बरमा चीनको सेन्जेनमा हुने एपेक शिखर सम्मेलनको तयारीमा छन्, जहाँ किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्न सक्ने अनुमान गरिएको छ । 

चिनियाँ विदेश मन्त्रालय वा बेइजिङस्थित उत्तर कोरियाली दूतावासले एएफपीको टिप्पणीका लागि अनुरोधमा शनिबार तत्काल जवाफ दिएनन् ।

दक्षिण कोरियाली सरकारले चीनमा किमको कार्यक्रमको तालिका पुष्टि गर्न नसकेको बताएको छ । दक्षिण कोरियाली समाचार रिपोर्टहरूका अनुसार नयाँ यालु नदी पुल सन् २०१४ मा निर्माण सम्पन्न भएको थियो ।

0 Comments