काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडकअन्तर्गत बेनीघाटदेखि तातोपानीसम्मको सडक खुलाउने काम सम्पन्न भएको छ ।
पूर्वाधार विकासमन्त्री सुनील लम्सालका अनुसार खोर्लाबेँसीमा अस्थायी डाइभर्सन निर्माण सम्पन्न भएपछि तातोपानी र आसपासका क्षेत्रमा सडक सफा गर्ने काम अघि बढाइएको थियो । बाढीले थुपारेका ढुङ्गा, माटो तथा गेग्रान हटाउने कामसमेत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
अब सडक स्तरोन्नतिका लागि आवश्यक अध्ययन तथा रेखाङ्कन गरी स्थायी सडक निर्माणको काम अघि बढाइने मन्त्री लम्सालको भनाइ छ ।




