९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दसैँमा ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

अ अ+ अ-

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटर बाइक सेवा दिएका छन् । 

सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म)सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटर बाइक सेवा दिएका हुन् । 

अभियानको पहिलो दिन कात्तिक ३ गते ५० जना, कात्तिक ४ गते ११० जना, कात्तिक ५ गते २५२ जना र कात्तिक ६ गते २३० जना चेलीले नि:शुल्क मोटरबाइक सेवा सेवा लिएको अभियानका संयोजक सञ्जयकुमार राईले जानकारी दिएका छन् ।

“तेस्रो संस्करणका रूपमा सञ्चालन गरिएको अभियानमा ५० जना राइडर सहभागी भएका थिए । अभियानमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईसमेत राइडरका रूपमा खटिनुभएको थियो”, उनले भने, “माइती तथा मावली घर जाने आउनेक्रममा नि:शुल्क मोटर बाइक सेवा पाउँदा चेली हर्षित छन् । सामाजिक सेवा भावले सञ्चालन गरिएको अभियान तिहारमा पनि जारी रहन्छ ।”

तिहारमा माइती पुज्न आवतजावत गर्ने चेलीका लागि कात्तिक २४ गतेदेखि २६ गतेसम्म नि:शुल्क मोटर बाइक सेवा दिने तयारी गरिएको युवा समूहले जनाएको छ । दश स्थानीय तह रहेको जिल्लामा विभिन्न राजनीतिक दलमा आस्था राख्ने युवाले विसं २०८१ देखि ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियान सञ्चालन गर्दै आएका छन् । 

जिल्लाका युवा समूहले दिक्तेलबजारस्थित किरातचोकमा सचिवालय स्थापना गरेर माइतीघर जाने छोरीचेलीलाई दिक्तेल बजारबाट ३५ किलोमिटर दूरीसम्ममा नि:शुल्क मोटर बाइक सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको छ । 

यातायातका साधन नपाएर अलपत्र परेका, आर्थिक अवस्था कमजोर भएका, यातायात भाडा तिरेर यात्रा गर्न नसक्ने अवस्था भएका महिला, बालबालिका र वृद्धालाई लक्षित गर्दै नि:शुल्क मोटर बाइक सेवा दिन अभियान सञ्चालन गरिएको हो ।

अभियानका दौरानमा कुदाइने सवारीसाधन (मोटर बाइक)का लागि सहयोग जुटाएर इन्धनको प्रबन्ध मिलाउने गरिएको संयोजक राईले जानकारी दिए । विशुद्ध सामाजिक सेवाअन्तर्गत विसं २०८१ मा ३४५ जना र विसं २०८२ मा ७५० जना चेलीलाई नि:शुल्क यातायात सेवा प्रदान गरिएको जनाइएको छ ।

नेपाल सरकारको सेवा सुविधा प्राप्त, बहालवाला जनप्रतिनिधि र घरमा सवारीसाधन भएका चेलीले भने यो सुविधा पाउने छैनन् । अभियानअन्तर्गतका नि:शुल्क यातायात सेवा लिन चाहने यात्रुले बढीमा पाँच केजी तौलसम्मका मात्रै झोला तथा माइतीका लागि कोसेली बोक्न पाउने सर्तसमेत राखिएको छ । 

जिल्लाका अधिकांश सडक कच्ची अवस्थाका रहेकाले दुर्घटनाका जोखिमलाई मध्यनजर गरेर यात्रुका लागि तौल निर्धारण गरिएको अभियानका संयोजक राईले जानकारी दिए। नि:शुल्क यातायात सेवा अभियानमा स्व:स्फूर्त स्वयंसेवकको भूमिका निर्वाह गर्न चाहने जो–कोहीले सहयोग गर्न सक्ने जनाइएको छ । 

स्वयंसेवक बन्न चाहने युवाको सवारीसाधनको ब्लुबुक र सवारी चालकको चालक अनुमतिपत्र (लाइसेन्स) अनिवार्य हुनुपर्ने पत्रकार सम्मेलनमा जनाइएको छ । शुभेक्षुकको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिँदै आएको अभियानका लागि एकपटकमा करिब रु चार लाख खर्च हुने गरेको जनाइएको छ । 

0 Comments