९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रक्रिया अघि बढेको मन्त्री लम्साल दाबी

अ अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले देशका आठ प्रमुख सहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री लम्सालले कम्तीमा आठ हजार दर्शक क्षमताका रंगशाला निर्माण गर्ने योजना अघि बढाइएको बताएका हुन्।

उनका अनुसार नेपाल प्रिमियर लिगका खेलहरू ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरमा क्रिकेट पूर्वाधार विकास गर्ने तयारी गरिएको छ। प्रस्तावित सबै रंगशालामा रात्रिकालीन खेल सञ्चालन गर्न मिल्ने फ्लडलाइटको व्यवस्था गरिनेछ।

मन्त्री लम्सालले रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाइसकेको उल्लेख गर्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिएका छन्।

‘होम एन्ड अवे आधारमा खेल सञ्चालन गर्न सकिने गरी देशका आठ प्रमुख सहरहरूमा फ्लडलाइटसहित कम्तीमा आठ हजार दर्शक क्षमताका क्रिकेट रंगशाला निर्माणको प्रक्रिया पूर्वाधार विकास मन्त्रालयले अघि बढाएको छ,’ उनले फेसबुकमा लेखेका छन्।

मन्त्री लम्सालले प्रस्तावित रंगशालाहरू निर्माण भएपछि एनपीएललाई देशभर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

‘तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको योजनाले एनपीएललाई देशभर विस्तार गर्दै नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने विश्वास लिएका छौँ,’ उनले उल्लेख गरेका छन्।

उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पनि प्रस्तावित पूर्वाधार विकास योजनाअनुरूप आवश्यक तयारी अघि बढाउन आग्रह गरेका छन्।

चाडपर्वको बीचमा नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण सुरु भएको उल्लेख गर्दै मन्त्री लम्सालले प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामनासमेत दिएका छन्।

0 Comments