९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी विकास कोषको उपाध्यक्षमा डोल्माको नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

अ अ+ अ-

काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । 

डोल्माको नियुक्तिको विरोधमा सोमवार लुम्बिनी विकास कोष तथा गुम्बा विकास समिति बचाऊ संयुक्त समिति तथा तामाङ नागरिक समाजको अगुवाइमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो । बौद्ध भिक्षुणी डोल्माले नागरिकता किर्ते गरेको तथा सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन रहेको अवस्थामा सरकारले नियुक्त गरेको उनीहरूको आरोप छ । डोल्माको नियुक्ति खारेज गरी उनको नागरिकता तथा सम्पत्ति शुद्धीकरणको मुद्दालाई यथाशीघ्र टुंगोमा पुर्‍याउनुपर्ने उनीहरूको माग छ । विरोध प्रदर्शनमा सहभागी हरिजन विकले आफूहरू कुनै जाता वा धर्मको विरोधी नभएको स्पष्ट पारे । उनले सरकारले प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्त गरिरहेको भन्दै आपत्ति जनाए । नागरिकता नै विवादमा रहेको व्यक्तिलाई कोषको उपाध्यक्षमा नियुक्त गरिएको भन्दै उनले डोल्माको नियुक्ति खारेज  गर्न समेत माग गरे ।

उनले भने, ‘हामी कुनै जात, धर्म र समुदायको विरोधी होइनौँ । जहाँसम्म नेपालको प्रशासनिक क्षेत्रमा राजनीतिक नियुक्तिमा नागरिकताको समस्या भएकै व्यक्ति आइराख्नुभएको छ यसमा हाम्रो घोर आपत्ति हो । उहाँ आउनुमा पनि हामीलाई कुनै समस्या छैन । तर यो सरकारले उहाँ नेपाली नागरिक हुनुहुन्छ कि हुनुन्न भन्ने कुरा स्पष्ट पार्नुपर्‍यो । यो सरकारले कुन कुरा सत्य हो प्रमाणित गरिदिनुपर्‍यो ।’ 

अर्का प्रदर्शनकारी विष्णु गुरुङले लुम्बिनी विकास कोषको उपाध्यक्ष आनी छोइङ डोल्माको झमेला आउनु नै तामाङ समुदायको लागि स्वीकार्य नभएको बताए। तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने आफूहरूको माग रहेको उनको भनाइ छ । उनले भोलिको दिनमा डोल्मालाई समेत समस्या नहोस् र कोषको समेत हित होस् भनेर नै आफूहरू आन्दोलनमा आएको बताए ।

उनले भने, ‘तामाङ समुदायको प्रतिनिधित्व गर्नको लागि तामाङ नै हुनुपर्छ भन्ने हाम्रो माग हो । यदि उहाँ तामाङ हो भने ठिकै छ नभए तामाङको नागरिकता कसरी पाउनुभयो उहाँले ? उहाँको नागरिकतामाथि पनि किन यस्तो झमेला आयो । अहिले उहाँलाई लुम्बिनी विकास कोषको उपाध्यक्ष बनाउने, तर भोलिको दिनमा होइन तिम्रो त नागरिकता नै नेपाली होइन भनेर नागरिकता खोसेर बेला नबनाओस् सरकारले भनेर आन्दोलनमा आएका हौँ । हाम्रो उहाँप्रति कुनै दुष्टता छैन । सरकारले उहाँको नागरिकताको विषय स्पष्ट पारोस् ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले डोल्मालाई कोषको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

0 Comments