९ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट, लुम्बिनीलाई ८८ रनको लक्ष्य

अ अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ। साविक विजेता लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाएपछि लुम्बिनीले जितका लागि ८८ रनको सामान्य लक्ष्य पाएको हो।

लुम्बिनीका बलरसामु सुरुदेखि नै दबाबमा परेको सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउँदा प्रतिस्पर्धात्मक योगफल बनाउन सकेन। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले २३ बलमा सर्वाधिक २७ रन बनाए। उनीपछि सैफ अली जैबले १४ बलमा १३ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

विनोद भण्डारीले ९, इशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेरफन रदरफोर्डले १ रन बनाए। आरिफ शेख, स्कट कुगेलेइन र हेमन्त धामी खाता नै नखोली पभेलियन फर्किए।

सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउन लुम्बिनीका किशोर महतोले सर्वाधिक चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पार्दा शाड्ली भान, तिलकराज भण्डारी र कप्तान रोहितकुमार पौडेलले समान एक–एक विकेट लिए।

लुम्बिनीका बलरले सुरुवाती ओभरदेखि नै सुदूरपश्चिमलाई दबाबमा राखेका थिए। लगातार विकेट गुमाएपछि सुदूरपश्चिमले इनिङ्स सम्हाल्ने अवसर पाएन।

सुदूरपश्चिमलाई ८७ रनमा सीमित गरेसँगै साविक विजेता लुम्बिनी लायन्सले प्रतियोगिताको पहिलो खेल जित्न ८८ रन बनाउनुपर्ने भएको छ।

0 Comments