काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) का नवनियुक्त कार्यकारी निर्देशक डा. रामप्रसाद घिमिरेले मंगलबार पदबहाली गरेका छन्।
लामो समयदेखि रिक्त रहेको प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट नियुक्त भएका पूर्वसचिव घिमिरेले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
पदबहालीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको स्वागत कार्यक्रममा पदाधिकारी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
घिमिरेसामु प्रतिष्ठानको प्रशासनिक प्रशिक्षणलाई थप व्यवहारमुखी बनाउने, नेतृत्व विकास तथा अनुसन्धानलाई प्रभावकारी बनाउने र सार्वजनिक प्रशासनको क्षमता अभिवृद्धिमा संस्थाको भूमिका सुदृढ गर्ने जिम्मेवारी रहेको छ।




