११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो

अ अ+ अ-

किन्शासा । अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा यस रोगबाट संक्रमित हुनेको संख्या १० हजार नाघेको छ ।

स्वास्थ्य अधिकारीहरूले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, मे महिनामा प्रकोप सुरु भएयता अक्टोबर २५ सम्ममा १० हजार ६० जनामा संक्रमण पुष्टि भएको छ भने चार हजार ८८७ जनाको मृत्यु भएको छ ।

यसअनुसार संक्रमण पुष्टि भएकामध्ये मृत्युदर ४८ दशमलव छ प्रतिशत रहेको छ ।

यो प्रकोप कङ्गोका २६ प्रान्तमध्ये आठ प्रान्तका ६६ स्वास्थ्य क्षेत्रमा फैलिएको प्रतिवेदनमा उल्लेख छ । पूर्वी प्रान्त इतुरी यस प्रकोपको मुख्य केन्द्र बनेको छ, जहाँ कुल संक्रमितमध्ये ७१ दशमलव सात प्रतिशत रहेका छन् ।

बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको प्रकोपबारे  कंगोले मे १५ मा घोषणा गरेको थियो । त्यसयता यो प्रकोप पाँच देशमा देखिएको छ ।  कंगोबाहेक युगान्डा, केन्या र नाइजेरियामा पनि सङ्क्रमण फैलिएको छ भने फ्रान्समा बाहिरबाट भित्रिएको एक सङ्क्रमणको घटना पुष्टि भएको थियो ।

इबोला भाइरसको बढी परिचित जाइरे प्रजातिभन्दा फरक, बुन्दिबुग्यो प्रजातिका लागि हालसम्म स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन ।

यो प्रकोप प्रजातान्त्रिक गणतन्त्र कंगोको इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोप बनेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको महामारीपछि यो विश्वकै दोस्रो ठूलो इबोला प्रकोप भएको जनाइएको छ ।

0 Comments