काठमाडौँ। गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका सातौँ तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ।
आयोगले आज एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा तथा स्थानीय सेवाअन्तर्गत अन्तरतह र खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो ।
आयोगले विज्ञापन नम्बर १६९/२०८३-८४ अन्तर्गत विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।
इच्छुक तथा योग्य उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म आवेदन दिन सक्नेछन्। दोब्बर दस्तुर तिरेर मंसिर ८ गतेसम्म आवेदन दिन सक्नेछन्।









