११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारीले गाउँमै दूध संकलन गरेपछि किसानलाई सहज

अ अ+ अ-

घोराही (दाङ) । घोराही उपमहानगरपालिका-१ सुकाखोलाका बमबहादुर थापाले दैनिक ९५ लिटर दूध उत्पादन गर्छन् । उनलाई पछिल्लो समय दूध कहाँ बिक्री गर्ने भन्ने चिन्ता छैन ।

यहीँ कात्तिक १ गतेबाट घोराही उपमहानगरपालिका-२ रामपुरमा रहेको साना किसान कृषि सहकारी संस्थाले दूध किनेर बिक्रीको प्रबन्ध मिलाएको छ । जसले गर्दा संस्थाका सदस्य तथा वडा नं १, २ र ४ का पशुपालक किसानलाई सहज भएको उनी बताउछन्।

थापालाई मात्र होइन उनी जस्तै धेरै किसानलाई दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता हटेको छ । “आफू नै आवद्ध भएको सहकारी संस्थामा दिन्छौँ”, थापाले भने, “सहकारीमार्फत दूध बेच्न निकै सजिलो भएको छ ।” मासिक करिब रु दुई लाखको दूध घरनजिकैबाट बिक्री गर्न पाउँदा उनी खुसी छन्। मासिक रूपमा एक एक लाख ८० हजारदेखि दुई लाखसम्मको कारोबार गर्दै आएको र त्यसबाट आधा रकम बचत गर्ने गरेको उनले बताए।

विसं २०७७ बाट सुकाली गाई फार्म सञ्चालन गरेर गाईपालन गर्दै आएका थापाको फार्ममा अहिले सानाठूला गरेर २१ वटा गाई छन् । उमेरले ४२ वर्ष पुगेका उनले दूध बिक्रीका लागि घोराही आउनुपर्ने बाध्यता अन्त्य हुँदा पैसा र समयको बचत भएकाले यो कार्यलाई सहकारीले आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय गाउँमै सहकारीले दूध संकलन गर्न थालेपछि बजारका डेरीहरूले दूध नपाइने चिन्ताले पशु सुत्केरी भत्ताबापत रु दुई हजार ५०० दिने कार्य यहीँ कात्तिक १ गतेबाट सुरु गरेको हुँदा यसले अन्य किसानलाई फाइदा पुगेको उनले बताए। 

हाल सहकारीले किसानबाट दैनिक ७५० लिटर बढी दूध संकलन गर्दै आएको संस्थाका अध्यक्ष गुरुप्रसाद खनाले बताए। संस्थाका सदस्यलाई अनिवार्य र अन्य किसानले लिए राख्ने गरिएको उनको भनाइ छ । अध्यक्ष खनाल स्वयंले पनि पशुपालन गर्दै आएका छन् । उनले दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन गर्दै आएको बताए। उनको फार्ममा अहिले सानाठूला गरेर २० वटा गाई छन् ।

“किसानबाट भैँसीको ८० रुपैयाँ र गाईको दूध ७० रुपैयाँ लिटर खरिद गर्दै आएका छौँ”, अध्यक्ष खनालले भने, “आफूहरूले होलसेलमा भैँसीको ८५ रुपैयाँ र गाईको दूध भने ७५ रुपैयाँ लिटर बिक्री गर्ने गरिएको उनले बताए। यसअघि किसानले भैँसीको ७५ र गाईको ६३ रुपैयाँ लिटरमा बिक्री गर्दै आएका थिए । किसानबाट खरिद गरिएको दूध सहकारीमा आवद्ध सदस्यले सञ्चालन गरेको डेरीमै दिने र बाँकी अन्य डेरीलाई पनि दिने गरिएको उनको भनाइ छ । 

चैतदेखि तिहारसम्म डेरीहरूले जति पनि दूध संकलन गरिदिने र त्यसपछि दूध बिक्री गर्न समस्या हुने भएकाले सहकारीमार्फत यो कार्यक्रमको थालनी गरिएको उनी बताउछन् । भोलिका दिनमा सहकारीकै डेरी सञ्चालन गरी बिक्री गर्ने योजनासमेत रहेको उनको भनाइ छ । 

अझै पनि किसानले पर्याप्त मूल्य नपाएको हुँदा भविष्यमा किसानलाई फाइदा हुने हिसाबले काम गर्ने बताए। दूध एनालाइजर मेसिन लिएर त्यसअनुसारको किसानलाई मूल्य दिने योजना रहेको सुनाए।

हाल यस सहकारी संस्थामा एक हजार ३०० सदस्य रहेका छन् । जसमा ४०० सदस्यले सहकारीबाट दूध बिक्री गर्ने गरेका छन् । घरैपिच्छेका किसान दूध बेच्न घोराही बजार आउँदा समस्या भएपछि सहकारीले दूध संकलन गरेर बिक्री गर्दा सहज भएको किसान बताउँछन् ।

0 Comments