११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने

बागमती, गण्डकी र लुम्बिनीका नागरिकलाई काठमाडौं, कर्णाली र सुदूरपश्चिमकालाई ललितपुर तथा कोशी र मधेश प्रदेशकालाई भक्तपुरबाट सेवा उपलब्ध गराइने

अ अ+ अ-

काठमाडौँ। अन्य जिल्लाबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले अब काठमाडौँ उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयबाटै नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने भएका छन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै नागरिकताको प्रतिलिपि वितरणका लागि प्रदेशअनुसार सेवा प्रवाहको व्यवस्था मिलाइएको जनाएको छ।

नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सकिने व्यवस्था गरिएको हो।

नागरिकताको प्रमाणपत्र आगलागी, बाढीपहिरो वा अन्य कारणले नष्ट भएको, च्यातिएको, हराएको, नयाँ ढाँचामा आवश्यक परेको वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सुविधा उपयोग गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँका अनुसार गृह मन्त्रालयले कात्तिक ९ गते जारी गरेको परिपत्रका आधारमा उपत्यकामा अन्य जिल्लाबाट नागरिकता लिएका व्यक्तिहरूको चाप बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रदेशगत रूपमा सेवा प्रवाहको व्यवस्था मिलाइएको हो।

कुन प्रदेशका नागरिकले कहाँबाट सेवा पाउने ?
नयाँ व्यवस्थाअनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले जिल्ला प्रशासन कार्यालय, काठमाडौं वा त्यसअन्तर्गतका कार्यालयबाट प्रतिलिपिसम्बन्धी सेवा लिन सक्नेछन्।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुर वा त्यसअन्तर्गतका कार्यालयबाट सेवा उपलब्ध गराइनेछ।

कोशी र मधेश प्रदेशका जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले भने जिल्ला प्रशासन कार्यालय, भक्तपुर वा त्यसअन्तर्गतका कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन्।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयका अनुसार प्रतिलिपिका लागि निवेदन दिने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नागरिकको जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (एनआईडीएमआईएस) र केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीसीआईएमएस)मा रहेको विवरणसँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिनेछ ।

तर, अभिलेख नमिलेमा, साविकको नागरिकतामा उल्लेख भएभन्दा फरक नाम, थर, जन्म मिति वा अन्य विवरण राखेर प्रतिलिपि लिन चाहेमा तथा पहिलो दृष्टिमै नागरिकता शङ्कास्पद देखिएमा भने सम्बन्धित व्यक्तिले साविकमा नागरिकता लिएको जिल्लामै सम्पर्क गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

0 Comments