११ कार्तिक २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्’ : सांसद खरेल

अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदीश खरेलले पार्टीका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित नभएको बताएका छन् । 

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै सांसदका गतिविधि व्यक्ति विशेषको नियन्त्रणमा नरहेको स्पष्ट पारेका हुन्।

प्रत्येक सांसद आ-आफ्नो क्षमता, विवेक र बलबुताका आधारमा अघि बढिरहेको उनको भनाइ छ । सत्तारुढ दलका सांसदहरुले नै सरकारको आलोचना गरेको विषयप्रति उनले सरकारलाई सुझाव दिनु तथा भएका कमजोरी सुधार्न दबाब दिनु सरकार ढाल्ने प्रयासका रूपमा बुझ्न नहुने उनको भनाइ छ ।

उनले मुलुकको विकास हेर्ने चाहना राख्ने दलहरूले सरकार ढाल्ने गतिविधिमा लाग्नुभन्दा सबैलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। उनले प्रतिपक्षी दलहरूले तिहार र छठपछि आन्दोलन गरेर सरकार ढाल्ने भन्दै सार्वजनिक रूपमा दिएका अभिव्यक्तिप्रति आपत्ति समेत जनाए । सरकार पाँच वर्ष चलाउन जनताले झन्डै दुई तिहाइ मतसहित रास्वपालाई मत दिएको भन्दै  कसैले चाहाना राख्दैमा सरकार नढल्ने उनको दाबी छ ।

उनले भने, ‘सरकारलाई सबै कुरा थाहा हुँदैन । सरकारसमक्ष केही कुरा पुर्‍याउनको लागि सत्तापक्षका सांसदहरुले पनि प्रतिपक्ष जसरी प्रस्तुत हुनुपर्छ । हामी सत्तापक्षका सांसदहरु त्यसैगरी बोलेको तपाईँहरूले देख्नुभएको छ नि ? त्यसकारण कुनै एक जनाको निर्देशनबाट पार्टीका सबै सांसदहरु लागेका छैनन् । सबै आआफ्नो क्षमता र  बलबुतामा नै अगाडि बढिरहेका छन् । केही नेताहरुले सरकार आफैँ फुटेर ढल्छ भन्ने कुरा गरेको पनि सुनिन्छ । यस्तो हुने कुनै सम्भावना छैन । पुराना पुस्ताका नेताहरूभन्दा बढी भोग्नुपर्ने त हामीहरूले छ नि ।  यो देश बन्यो भने दाईहरुलेभन्दा बढी मैले भोग्ने हो क्या । यदि मुलुकको विकास हेर्ने रहर छ भने हामी सरकार ढाल्न लाग्छौँ त रु सबैलाई झन् मिलाएर लैजान्छौँ । गल्ती भएको कुरा सुधारेर लैजान्छौँ । कहिलेकाहीँ गल्ती भएको कुरा त सरकारले स्वीकारेको छ नि । हामीलाई जनताले पाँच वर्ष ढुक्कले सरकार चलाउ भनेर झन्डै दुई तिहाइ मत दिएर पठाएको छ नि । त्यसकारण तिहार, छठपछि आन्दोलन गरेर सरकार ढालिदिन्छौँ भन्ने कुरामा मलाई चाहिँ विश्वास लाग्दैन । सरकार ढले हामी सत्तामा पुग्न सक्थ्यौँ भनेर उहाँहरूले कल्पना गर्ने कुरा स्वभाविक हो । तर हामीले देश चलाउनको लागि राजनीति गरेका हौँ सांसद र मन्त्री बन्नको लागि मात्र होइन ।’

उनले पार्टीभित्र विमति राख्ने र असन्तुष्ट पक्षलाई समेत समेटेर लैजान आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ ।

0 Comments