१२ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ अ+ अ-

काठमाडौँ । जाजरकोटको कुशे गाउँपालिकास्थित एक सामुदायिक विद्यालयको पुस्तकालय अनुदान रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष, प्रधानाध्यापक र लेखा सहायकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले कुशे गाउँपालिका-२ स्थित मातृदेउँडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसी, समिति सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहविरुद्ध बिहीबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको हो।

आयोगका अनुसार विद्यालयले आर्थिक वर्ष २०७१र७२ देखि २०७३/७४ सम्म जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानको रकम दुरुपयोग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७३/७४ मा जिल्ला शिक्षा कार्यालयबाट प्राप्त पुस्तकालय अनुदानको रकम तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपाली, प्रधानाध्यापक धनबहादुर सिंह, लेखा सहायक धिरेन्द्रबहादुर सिंह र व्यवस्थापन समिति अध्यक्ष हरिचन्द्र जैसीले आपसी मिलेमतोमा हिनामिना गरेको आयोगको दाबी छ।

आयोगले विद्यालयको पुस्तकालय प्रयोजनका लागि उपलब्ध गराइएको सरकारी रकम दुरुपयोग गर्न सरकारी तथा सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्‍याउने बदनियतले कानुनविपरीत ऋण सापटी लिएको देखाइएको जनाएको छ।

त्यसरी विद्यालयको रकम गैरकानुनी रूपमा मिलिजुली बाँडफाँट गरी हालसम्म १७ लाख ४१ हजार ४ सय ६४ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट देखिएको आयोगको आरोप छ।

आयोगले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हरिचन्द्र जैसी, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धिरेन्द्रबहादुर सिंहविरुद्ध जनही १७ लाख ४१ हजार ४ सय ६४ रुपैयाँ बिगो कायम गरेको छ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा ९१० का सम्बन्धित व्यवस्थाअनुसार कैद र बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ।

त्यस्तै, तत्कालीन विद्यालय व्यवस्थापन समिति सदस्य जनकबहादुर नेपालीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरिएको छ। उनीविरुद्ध पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा कैद, बिगोबमोजिम जरिवाना तथा हिनामिना भएको रकम असुलउपर गर्न मागदाबी गरिएको छ।

आयोगका अनुसार पुस्तकालय अनुदानको रकम विद्यालयको निर्धारित प्रयोजनमा खर्च नगरी कानुनविपरीत ऋण सापटीका रूपमा प्रयोग गरेको देखिएको छ। सरकारी अनुदानलाई व्यक्तिगत वा अन्य प्रयोजनमा प्रयोग गरी विद्यालयलाई आर्थिक हानि पुर्‍याएको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो।

0 Comments