१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

अ अ+ अ-

झापा । झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । झापामा जिल्ला प्रशासन कार्यालय भद्रपुर, इलाका प्रशासन कार्यालय गौरीगन्ज र इलाका प्रशासन कार्यालय दमकबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण गर्ने कार्य भइरहेको छ ।

जिल्लामा राष्ट्रिय परिचयपत्रका लागि आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भएकामा पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले जानकारी दिए।

केन्द्रबाट प्राप्त भइसकेका एक लाख एक हजार ८४४ राष्ट्रिय परिचयपत्रको कार्ड वितरणका लागि तयारी अवस्थामा छन् । मृत्यु भएका, वैदेशिक रोजगारीमा गएका, काम विशेषले जिल्ला बाहिर रहेकाको राष्ट्रिय परिचयपत्रको कार्ड वितरण हुन नसकेको रायमाझीले बताए।

“राष्ट्रिय परिचयपत्रको कार्ड लिनका लागि सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने प्रावधान छ”, उनले भने। चालु आवको साउन, भदौ र असोज महिनामा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण संकलन, तीन हजार ७७८ जनाको नागरिकता वितरण, चार हजार ४४८ जनाको नागरिकताको प्रतिलिपि वितरण, तीन हजार १३९ जनाको राहदानी वितरण र पाँच हजार ७३६ जनाको राहदानी सिफारिस गरिएको त्रैमासिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनका अनुसार नागरिकताको वंशजतर्फ तीन हजार ५३५ वटा, वैवाहिक अङ्गीकृततर्फ १८० वटा, अङ्गीकृत ४६ वटा, गैरआवासीय १६ वटा र जन्मसिद्ध आधारमा एउटा नागरिकता वितरण भएको छ । सर्वसाधारणलाई छिटो, छरितो र सरल ढङ्गले सेवा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालयले फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । 

राहदानी र राष्ट्रिय परिचयपत्रका लागि अग्रिम आवेदन दिएर लामो अवधिदेखि प्रतीक्षामा रहेका सेवाग्राहीलाई बिहानैदेखि र बिदाका दिन सेवा दिएर पुराना आवेदनलाई शून्यमा झारिएको छ । हाल आजको आजै आवेदन दिने र वायोमेट्रिक गर्ने सुविधा उपलब्ध रहेको पोखरेलले जानकारी दिए।

सेवाग्राहीको सुविधाका लागि प्रशासन कार्यालयमा सेवाग्राही अनुकूलका भौतिक संरचना निर्माण गरिएका छन् भने सहायता कक्षलाई व्यवस्थित तुल्याइएको छ । 

0 Comments