१३ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

अ अ+ अ-

नयाँ दिल्ली । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन। चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । 

रुख, पर्खाल तथा विद्युत्का पोल खस्दा र करेन्ट लाग्दा उनीहरूको मृत्यु भएको जनाइएको छ । चक्रवातको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका धेरै स्थानमा विद्युत् आपूर्ति बन्द गरिएको छ ।

 विद्यालय तथा कलेजलगायत शैक्षिक संस्थाहरू पनि आगामी केही दिनका लागि बन्द गरिएका छन् । आन्ध्र प्रदेशका दुई विमानस्थलबाट सञ्चालन हुने ३५ भन्दा बढी उडान रद्द तथा अन्यत्र डाइभर्ट गरिएको छ । प्रतिघण्टा १३० किलोमिटरसम्मको गतिमा आएको शक्तिशाली चक्रवात बुधवार बिहान भारतको दक्षिणपूर्वी तथा पूर्वी तटीय क्षेत्रमा प्रवेश गरेको थियो । विशेषगरी आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा प्रभाव पारेको चक्रवात त्यसपछि ओडिशा, झारखण्ड, छत्तिसगढ र पश्चिम बङ्गालतर्फ अघि बढेको जनाइएको छ ।

 मुख्यमन्त्री नायडूका अनुसार चक्रवातका कारण करिब ७१ हजार हेक्टर कृषि क्षेत्रमा लगाइएको नरिवल र केरा लगायतका बालीमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

चक्रवातबाट प्रभावित करिव ५७ हजार मानिसलाई सुरक्षित स्थानमा सारेर राहत शिविरमा राखिएको छ । त्यस्तै झन्डै १८० घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन् ।

0 Comments