१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व

अ अ+ अ-

राँझा(बाँके) । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रु पाँच अर्ब २४ करोड बढी राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउन, भदौ र असोज गरी तीन महिनामा रु पाँच अर्ब २४ करोड ८९ लाख ८५ हजार राजस्व  संकलन भएको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पबित्रकुमार खड्काले बताए।

उनका अनुसार यो राजस्व संकलन कुल लक्ष्यको २०.४ प्रतिशतमात्रै हो । साउनका लागि रु एक अर्ब ८३ करोड ४३ लाख ६८ हजार लक्ष्य रहेकामा रु एक अर्ब ६१ करोड १७ लाख ७३ हजार, भदौमा रु दुई अर्ब नौ करोड ६४ लाख २० हजार लक्ष्य रहेकामा रु एक अर्ब ७४ करोड १२ लाख ५१ हजार र असोज महिनामा रु दुई अर्ब ३५ करोड ८४ लाख ७४ हजार लक्ष्य रहेकामा रु एक अर्ब ८९ करोड चार लाख सात हजार संकलन भएको छ ।

साउन महिनामा मासिक लक्ष्यको ८७.८७ प्रतिशत, भदौमा ८३.०६ र असोजमा लक्ष्यको ८०.३१ प्रतिशत राजस्व संकलन भएको छ । गत आव २०८२/८३ मा आफ्नो लक्ष्यअनुसारको राजस्व सङकलन गर्न नसकेको नेपालगन्ज भन्सार कार्यालयलाई चालु आव २०८३/८४ मा थप रु डेढ अर्ब बढी बढाएर लक्ष्य निर्धारण गरिएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले गत आव २०८२/८३ मा रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व सङ्कलनका लागि लक्ष्य रहेकामा करिब ८१.८७ प्रतिशत अर्थात् रु २० अर्ब ११ करोड ५५ लाख एक हजारमात्रै असुली गर्न सकेको थियो ।

गत आवमा रु २० अर्ब ११ करोड राजस्व असुली गरेको नेपालगन्ज भन्सारलाई चालु आव २०८३/८४ मा रु २६ अर्ब २० करोड ५२ लाख ६५ हजार लक्ष्य निर्धारण गरिएको छ । जुन गत आवको वास्तविक असुलीभन्दा रु छ अर्बभन्दा बढी र गत आवको लक्ष्यभन्दा रु एक अर्ब ६५ करोड बढी हो ।

नेपालगन्ज भन्सार कार्यालयबाट इन्धन, ट्याक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयात बढी हुने गरेको छ भने जडीबुटीलगायतका वस्तु तथा सामान निकासी हुने गरेको छ । राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्नका लागि आवश्यक कार्ययोजना बनाइएको सूचना अधिकारी खड्काले बताए ।

0 Comments