१५ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्मनीमा महँगी र अनिवार्य सैन्य सेवाविरुद्ध युवाको प्रदर्शन

अ अ+ अ-

काठमाडौँ । जर्मनीमा बढ्दो जीवनयापन खर्च, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा युवाहरूले गरेको प्रदर्शनका क्रममा विभिन्न सहरमा झडप र लुटपाट भएको छ।

शनिबार दिनभर अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा भएको प्रदर्शन राति हिंसात्मक बनेको हो। जर्मनीको आर्थिक केन्द्र फ्र्यांकफर्टसहित बर्लिन, कोलोन र ह्यामबर्गमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

बीबीसीका अनुसार फ्र्यांकफर्टमा शनिबार राति केही समूहले पसलहरूमा लुटपाट गरेका थिए। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीलाई लक्षित गरी ढुङ्गा, बोतल र पटाका प्रहार गरेको प्रहरीको भनाइ छ।

समाचार संस्था एएफपीका अनुसार हिंसात्मक गतिविधिपछि प्रहरीले फ्र्यांकफर्टको प्रमुख व्यापारिक क्षेत्रको ठूलो हिस्सा बन्द गरेको थियो। घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरी प्रवक्ताले बताएका छन्।

‘जेनजी रेगेल्ट’ नामक अभियानको आह्वानमा भएका प्रदर्शनमा हजारौँ युवा सहभागी थिए। उक्त अभियानको नामले नयाँ पुस्ताले अब जिम्मेवारी सम्हाल्ने भन्ने सन्देश दिन्छ।

प्रदर्शनकारीले विद्यालय तथा स्वास्थ्य सेवामा पर्याप्त बजेट विनियोजन गर्न, जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न र सरकारी खर्च कटौतीका नीतिमा पुनर्विचार गर्न माग गरेका छन्। उनीहरूले अनिवार्य सैन्य सेवाको प्रस्तावप्रति पनि असहमति जनाएका छन्।

फ्र्यांकफर्ट, म्युनिख र बर्लिनका अधिकारीहरूले तीन सहरमा गरी करिब १८ हजार मानिस प्रदर्शनमा सहभागी भएको जनाएका छन्। यो सङ्ख्या आयोजकहरूले सार्वजनिक गरेको अनुमानको झन्डै आधा हो।

अभियानकी प्रवक्ता लीना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताको पक्षमा आवाज उठाउनु रहेको बताएकी छन्।

उनका अनुसार युवा पुस्ताको मुख्य चासो शिक्षा र स्वास्थ्य प्रणालीमा राज्यको लगानी बढाउनु तथा अनिवार्य सैन्य सेवाको व्यवस्था रोक्नु हो। उनले सामाजिक र आर्थिक दायित्वको बोझ न्यायोचित रूपमा बाँडिनुपर्नेमा समेत जोड दिएकी छन्।

जर्मनीमा भएको प्रदर्शनलाई फ्रान्समा पछिल्लो समय देखिएको युवा नेतृत्वको आन्दोलनसँग पनि जोडेर हेरिएको छ। फ्रान्समा समेत शनिबार तीन लाख २० हजारभन्दा बढी मानिस प्रदर्शनमा सहभागी भएको बताइएको छ।

जर्मनीमा दिउँसोका प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण रहे पनि राति केही क्षेत्रमा हिंसात्मक गतिविधि भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो।

0 Comments